नेकपा एमाले वेदकोट नगर कमिटी सदस्यहरुद्धारा सपथ ग्रहण

महेन्द्रनगर । नेकपा (एमाले) बेदकोट नगर कमिटीका सदस्यहरुले शुक्रवार सपथ ग्रहण गरेका छन् । नगर कमिटीका नव निर्वाचित अध्यक्ष हरिश भाटले नगर कमिटी सदस्यहरुलाई सपथ गराएका हुन् । पदाधिकारीलाई केहि दिन अघि एमाले पोलिटव्यूरो सदस्य राजेन्द्र रावलले सपथ दिलाएका थिए ।
सपथ ग्रहण समारोहमा एमालेका केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र नं. २ का सांसद नरबहादुर धामी, केन्द्रीय कमिटी सदस्य कृपाराम राना, पार्टी अध्यक्ष सुरेन्द्र बिष्ट, सचिव पल्लवराज भट्ट, उपसचिव कर्ण बहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।
यस्तै प्रदेश कमिटी सदस्यहरु कलसा महरा, हिक्मत बहादुर सिंह, रामसिंह धामी, ईश्वरी शर्मा, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज सुशिला सिंह लगायतको पनि समारोहमा उपस्थिति रहेको थियो ।
सपथ पछि एमाले बेदकोट नगर कमिटीले चुनाव केन्द्रीत गतिबिधिलाई तीब्रता दिने जनाएको छ । वडा–वडामा पार्टी सम्पर्क कार्यालय र टोल–टोलमा कमिटी गठनको काम धमाधम भइरहेको अध्यक्ष भाटले जानकारी दिए ।
पार्टीको जिल्ला नेतृत्वले पनि चुनाव केन्द्रीत गतिबिधि बढाउन निर्देशन दिईएको उप सचिव कर्णबहादुर चन्दले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्