महेन्द्रनगर । विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने सुदूरपश्चिमकै अग्रीण संस्था हो, निड्स नेपाल । २०५५ साल फागुनमा बेलौरीको श्रीपुरस्थित महिला समुह गठन गरि बचत संकलनबाट सुरु यात्रा सुरु गरेको यो संस्थाले शुक्रबार २४ औँ स्थापना दिवस मनाएको छ ।
२०६० सालमा महेन्द्रनगर कार्यालय स्थापना गरि उद्यम, सीप र विपद् व्यवस्थापनका क्षेत्रमा काम सुरु गरेको निड्सको यात्रा निरन्तर सामाजिक क्षेत्रमा सक्रिय छ । २०६४ को बझाङ पहिरो होस या २०६५ मा सुदूरपश्चिको तराई क्षेत्रको बाढीमा निड्स नेपाल खोज, उद्धार र राहत वितरण कार्यमा अग्र पंङक्तीमा रह्यो ।
विपद् व्यवस्थापन तथा जलवायु परिर्वतनलाई प्रमुख क्षेत्रको रुपमा लिएको निड्सले सुरक्षीत आप्रवासन र आधारभुत मानवीय आवश्यकको सवालमा पनि समानान्तर रुपमा काम गरिरहेको प्रमुख कार्यकारी निर्देशक भवराज रेग्मीले बताए ।
ग्रामिण क्षेत्रमा समुह गठन गरि बचत संकलन, प्रौढ तथा प्रजजन स्वास्थ्य शिक्षा दिने कामबाट संस्थाको काम सुरु गरेको स्मरण गदैँ निर्देशक रेग्मी भने ‘ग्रामिण क्षेत्रका नागरिकलाई सामाजिक रुपान्तरणमा जोड्ने उद्देश्यका साथ काम सुरु गरेको थियौँ, अहिले विपद् व्यवस्थापन र जलवायु परिर्वतनको सवालमा निड्सले काम गदैँ आईरहेको छ ।’
साथै निड्सले विपद् व्यवस्थापनका लागि नीति निमार्ण, विपद् तथा जलवायुसम्बन्धि मुद्धाहरुको मुलप्रवाहीकरणसहित वकालत र पैरवी गरिरहेको उनले बताए । विभिन्न दातृ निकायसँगको साझेदारी तथा सरकारी निकायसँगको सहकार्यमा काम गरिरहेको निड्स राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नेटवर्कको पनि सदस्यता पाएको निर्देशक रेग्मीको भनाई छ । यसै वर्ष प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कष्ट योगदान पु¥याएको भन्दैँ प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा कदर पत्रसहित संस्थालाई सम्मान समेत गरेको थियो ।
स्थापना दिवसमा साहारा घरको सारथी
निड्स नेपालले २४औँ स्थापना दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकास्थित साहारा घरलाई सहयोग गरेको छ । संस्थाकी अध्यक्ष अञ्जु जोशी भट्टले स्थापना दिवसको अवसरमा साहारा घरलाई सहयोग गरेको बताईन् । उनका अनुसार त्यहाँ रहेका मनोसामाजिक अपाङ्गता भएका व्यक्ति हरुलाई खाना खुवाउनुका साथै संस्थालाई २० हजार नगद पनि सहयोग गरिएको छ ।
‘स्थानपना दिवसको अवसरमा निड्सले साहाराको सारथी बन्ने प्रयास गरेको छ ।’ अध्यक्ष भट्टले भनिन् ‘सबैले सहयोग गर्नुपर्ने ठाउँ रहेछ, संस्थाकोतर्फबाट नगदसहित खाद्यान्न, फलफुल, सरसफाई किट, बाल्टीन्, साबुन लगायतको सामाग्री सहयोग गरेका छौँ ।’ साथै संस्थाले साहारा घरका सञ्चालक बल बहादुर विष्टलाई उनले गरेको सामाजिक कार्यको प्रशंसा गदैँ सम्मान पनि गरेको छ ।
कार्यक्रममा निड्स नेपालका कोषाध्यक्ष रविन्द्र देवकोटाले संस्थाको विकासमा सहयोग गर्ने सबै साझेदार निकायलाई धन्यवाद समेत ज्ञापन गरे । संस्थाले असहाय तथा विपन्न नागरिकको सामाजिक तथा विकास विकासमा निरन्तर सहयोग र साझेदारी गरिरहेको उनको भनाई छ ।