‘कमजोरहरुले गठबन्धन बनाउँछन, बलियोले एक्लै लड्ने हो’: नेता रावल

महेन्द्रनगर । नेकपा एमाले नेता राजेन्द्र सिंह रावलले आम निर्वाचनमा सत्ता घटकहरुले चुनावि तालमेल गरेपनि नेकपा एमालेले एक्लै लड्ने बताएका छन् । उनले शनिबार निजामती कर्मचारी संगठन कञ्चनपुरको ११ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गदैँ यस्तो बताएका हुन् ।
नेकपा एमाले पोलिट व्युरो सदस्य तथा सुदूरपश्चिम सह–ईन्चार्ज समेत रहेका नेता रावलले एमाले एक्लै चुनावमा होमिने बताए । स्थानीय निर्वाचनलाई लक्षीत गदैँ नेता रावलले भने ‘कमजोरहरुले गठबन्धन गर्ने हो, बलियोले एक्लै लड्छ ।’ साथै उनले संसदीय प्रणालीमा प्रतिपक्षी दलहरुको गठबन्धन हुने अभ्यास भएपनि नेपालमा भने सत्ताधारीको अनौठो गठबन्धन बनेको बताए ।
केपी ओली नेतृत्वको सरकारले जनपक्षीय र राष्ट्रिय स्वाभिमान उचो बनाउने कार्य गरेबाफत नै सत्ता ढलाएको उनका दावि छ । गठबन्धनको सरकार जनता र देशप्रति जिम्मेवार नरहको आरोप लगाउँदै ‘गठबन्धनको सरकार बनेपछि देशमा वैदेशिक हस्तक्षेप बढेको छ, राष्ट्रिय स्वाभिमानमा आँच आउने काम भईरहेको छ ।’ उनले भने ‘गठबन्धनको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमाथि प्रहार गरिरहेको छ, भ्रष्टाचार, खोप चोरीसँगै स्वतन्त्र न्यायपालिकामाथि ठाडो हस्तक्षेप गरिरहेको छ ।’
नेकपा एमालेले आम निर्वाचनमार्फत पुनः सत्तारोहण गर्ने र राष्ट्रिय स्वभिमानको रक्षा, समाजवाद उन्मुख तिव्र विकास नीतिलाई अघि बढाउने उनको भनाई छ । एमाले सरकारको नेतृत्वमा थुप्रै जनपक्षीय काम भएको उल्लेख गदैँ नेता रावलले कञ्चनपुरमा सुख्खा बन्दरगाह, महाकाली चार लेन पुल, महाकाली करिडोर लगायतका महत्वपुर्ण योजनाको काम भईरहेको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्