निजामती कर्मचारी संगठन कञ्चनपुरको कार्यसमिति चयन, अध्यक्षमा चन्द

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट मान बहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।त्यस्तै संगठनको उपाध्यक्षमा दिनेश राज भट्ट, महिला उपाध्यक्षमा माधवि साउद, सचिवमा महेश्वरी विष्ट, सह–सविचमा देवराज कोली, कोषाध्यक्ष सन्तोश जोशी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा तिलक प्रशाद जोशी, मनिराम पाण्डेय, राम बहादुर राना, कृतिका कुमारी भट्ट, सरिता चौधरी, नरेन्द्र चन्द, टेकराज जोशी, हरिश बडाल, करन सिंह बोहरा, सपना थापा, लोकराज पन्त, दिपेन्द्र कुमार ओड, महादेव भट्ट, जय बहादुर कुवँर चयन भएका छन् ।

त्यस्तै प्रदेश र केन्दीय अधिवेशन लागि पनि प्रतिनिधि चयन गरिएको छ । केन्द्रीय प्रतिनिधिमा मान बहादुर चन्द, अन्तराम खत्री, माला गौतम, गिरि धामी, राधिका पन्त, मोहन ठगुन्ना र राजेन्द्र विष्ट रहेका छन् । भने प्रदेश अधिवेशन प्रतिनिधिमा रतन बडाल, चन्द्रकला तिमिल्सिना, राम बहादुर थापा, दिनेशराज भट्ट, देनेश खड्का, लोकराज जोशी र दुर्गा चौधरी चयन भएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्