लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कञ्चनपुरको अध्यक्षमा रमिता राना, ५५ सदस्यीय कमिटि गठन

महेन्द्रनगर । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कञ्चनपुरको अध्यक्षमा रमिता राना बडायक चयन भएकी छिन् । शनिबार महेन्द्रनगरमा सम्पन्न दोस्रो जिल्ला भेलाले बडायकको नेतृत्वमा ५५ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो । बडायक कृष्णपुर नगरपालिकाकी उप–प्रमुख पनि हुन् ।

महासंघको उपाध्यक्षमा जित बहादुर चौधरी, सचिवका रामकुमार राना, सह–सचिवमा किशोर लिम्बु र कोषाध्यक्षमा सनम तामाङ्ग चयन भएका छन् ।

महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज कृपाराम रानाको अध्यक्षतामा आयोजित भेलाले जिल्ला कमिटिको चयन गरेको हो । भेलामा प्रमुख अतिथि नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज राजेन्द्र सिंह रावल रहेका थिए । त्यस्तै भेलामा कञ्चनपुर ईन्चार्ज निरुदेवी पाल, जिल्ला सचिव पल्लवराज भट्ट, उप–सचिव फैरु तामाङ्गलगायतको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्