राष्ट्रिय स्वास्थकर्मी संघ कञ्चनपुरको अधिवेशन सम्पन्नः अध्यक्षमा भण्डारी चयन

महेन्द्रनगर । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थकर्मी संघ कञ्चनपुरको नयाँ कमिटि गठन गरिएको छ । सोमबार महेन्द्रनगरमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट प्रितिधिर भण्डारीको अध्यक्षतामा नयाँ कमिटि गठन गरिएको हो । संघको उपाध्यक्षमा प्रकाश थापा, पुजा महता, सचिवमा मदन साँउद, सह–सचिवमा विष्णु खत्री र कोषाध्यक्षमा पुस्कर सिंह कठायत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा हर्क बहादुर भण्डारी, दिपक चन्द, चन्द्रलाल चौधरी, रितु गैरे, द्रोपती विष्ट, सीमा देवकोटा, सरिता पाण्डेय, कृष्णप्रशाद राना, र मञ्जु चौधरी चयन भएका छन् ।
त्यस्तै अधिवेशनबाट प्रदेश र केन्द्रीय प्रतिनिधिहरु पनि चयन भएको छन् । प्रदेश प्रतिनिधिहरुमा नरेन्द्र गैरे, कष्ण नाथ, प्रेम सिंह धामी रहेका छन् भने केन्द्रीय प्रतिनिधिमा तिलक प्रशाद जोशी, सुरेश बहादुर धामी, विजय जोशी र उर्मिला जोशी रहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्