महेन्द्रनगर । नेकपा एमाले कृष्णपुर नगर कमिटीको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । बुधबार कृष्णपुर- १ काे वडा कार्यालयकाे सभाहलमा महत्त्वपूर्ण निर्णयसहित सम्पन्न भएको हाे ।
बैठकले जनसङ्गठनका गतिविधि गर्ने, स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम गर्ने कार्ययोजना बनाएको नगर कमिटी अध्यक्ष गणेश ऐरीले बताए ।
उनका अनुसार बैठकले चैत्र २० गतेभित्र विधानमा वडा र नगर कमिटी बनाउन पाइने व्यवस्था भएका जनसङ्गठनका वडा तथा नगर सम्मेलन गर्ने, कमिटी भएका जनसङ्गठनका भेला बैठक गर्ने गरि कार्ययोजना निर्माण गरेको छ ।
नेकपा (एमाले) कृष्णपुर नगर कमिटीको पुर्ण बैठकमा पार्टी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य जयराज पाण्डेय, शेर बहादुर सिंह, बहादुर चौधरी, जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा, निवर्तमान जिल्ला कमिटी सचिवालय सदस्य मोहन सिंह रावल, जिल्ला कमिटी सचिवालय सदस्य एवम् कृष्णपुर नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्त, जिल्ला कमिटी सदस्य राज बहादुर खड्का, जिल्ला कमिटी सदस्य एवम् नगर सह-इन्चार्ज छत्र बहादुर महरा, लक्ष्मण बहादुर कार्की, रमिता राना बडायक, तेज बहादुर वि.क, दिलसरा खत्री, विमला थापा बोहरा, निर्वाचन क्षेत्रीय कमिटीका पुर्व सदस्य इन्द्र बहादुर साउद, कृष्णपुरका पाका नेताहरु दामोदर भण्डारी, जहर सिंह रावत लगायत नगर कमिटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो । नगर कमिटीले सबै वडामा घुम्ती बैठक गर्दै आईरहेकाे छ । साथै स्थानीय निर्वाचन लक्षित कार्यक्रमलाई पार्टीले तिव्रताका साथ अघि बढाईरहेकाे छ ।

