महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटान टोलमा नेकपा (एमाले) को टोल सहित विभिन्न कमिटी गठन गरिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा बिहीबार टोल कमिटी र अखिल नेपाल महिला संघको कमिटी गठन गरिएको छ ।
टोल कमिटीको अध्यक्षमा चन्द्रा खड्का चयन गरिएका छन् । ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा घनश्याम खत्री, सचि माया विष्ट, उप सचिव जानकी देवी बम र कालुदेबी सुनार चयन भएका छन् । अनेमसंघको टोल कमिटी अध्यक्षमा अस्मिता खड्का चयन भएकी छन् ।
वडा अध्यक्ष प्रशान्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोग सदस्य लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल सहित जिल्ला सचिवालय सदस्य कमलादेवी देवकोटा, जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज रविन्द्र प्रसाद देबकोटा, जिल्ला सदस्यहरु नारद सुनार, निर्मला देबी नाथ, नगर अध्यक्ष हिमाल बहादुर चन्द लगायतका सहभागी भएका छन् । कार्यक्रमको सञ्चालक विवेक भट्टले गरेका थिए ।

