भूमिहीन सुकुम्बासी संगठन कञ्चनपुरको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा भट्ट चयन

महेन्द्रनगर, २६ फागुन । नेपाल भूमिहीन सुकुम्बासी संगठनको तेस्रो जिल्ला सम्मेलबाट नया कार्यसमिति चयन भएको छ । बिहीबार महेन्द्रनगरमा भएको जिल्ला सम्मेलनबाट नेपाल भूमिहीन सुकुमवासी संगठन कञ्चनपुरको अध्यक्षमा लक्ष्मी भट्ट चयन भएका छन । त्यसैगरी सम्मेलनले उपाध्यक्षमा खिमा कार्की, सचिवमा पार्वती भाट, सह–सचिवमा सञ्जु विश्वकर्मा, कोषाध्यक्षमा सुना मिजार सर्वसम्मत चयन भएका छन ।
सदस्यमा देव सिंह ऐर, मंगल सिंह, गुरु प्रसाद चौधरी, कलराम नेपाली, चन्द्रा सुनार, देरप दमाई र दिलीप कुमार नेपाली चयन भएका छन । भने सल्लाहकार संयोजकमा नन्दा देवी जोशी चयन भएका छन् भने सल्लाहकार सदस्यमा पार्वती अधिकारी चयन भएका छन् ।
सम्मेलनमा प्रमुख अतिथि रहेका नेकपा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले सुकुमबासिहरुका समस्या समाधानमा लागि आयोग गठन गरि नेकपा एमालेले धेरै काम गरेको बताए । साथै सुकुमबासीहरुको समस्या समाधान गर्न फेरी पनि लागीरहने उनकाे भनाइ छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्