महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुरले जिल्लाका नौ वटै स्थानीय तहमा पार्टी प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । एमालेले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षीत गरि चैत ५ गते पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो ।
एमालेले समसायिक राजनिति विषय, पार्टीको वैचारीक, सैन्द्धातिक रणनीति, भावि चुनावी नीति, गठबन्धन सरकारका जनविरोधी कार्य लगायतका विषयमा प्रशिक्षण तथा अभिखिकरण कार्यक्रम गर्न लागेको हो ।
पार्टी अध्यक्ष सुरेन्द्र विष्टले नौ वटै पालिका र नगर कमिटिलाईको सहजिकरणमा त्यहाँ नेताकर्तालाई प्रशिक्षण गराईने बताए । उनका अनुसार पार्टी प्रशिक्षण कार्यक्रमका लागि नेताहरुलाई स्थानीय तहगत जिम्मेवारी दिईएको छ । पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा सुदूरपश्चिम सह–ईन्चार्ज राजेन्द्र सिंह रावल, पोलिट व्युरो सदस्य तथा जिल्ला ईन्चार्ज निरुदेवी पाल, केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज नर बहादुर धामी, कृपाराम राना, कमला बोहरा, ईन्दु कडरिया, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रशाद खरेल, पार्टी अध्यक्ष सुरेन्द्र विष्ट, उपाध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लभ राज भट्टलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
नगर कमिटि र ईन्चार्जको सहजिरकण आयोजना हुने उक्त कार्यालयमा जिल्ला कमिटि सदस्य, सल्लाहकार परिषद्, जिल्ला विभाग, पुर्व जिल्ला कमिटि सदस्य, जनवर्गाीय संगठन, पालिका कमिटि, टोल कमिटि आवद्ध सबै नेता कार्यकर्ताको सहभागिता रहनेछ । नेकपा एमालेले नयाँ नेतृत्व पाएपछि पार्टी गतिविधिलाई तिव्रताका साथ अघि बढाएको छ ।
यस्तो छ कार्यतालिका ।
