महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय सदस्य लिलाधर भट्टले स्थानीय तहको निवार्चनमा कांग्रेसलाई ठुला धक्का दिने बताएका छन् । शनिबार एमाले भीमदत्त नगर कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोन्ध गदैँ उनले यस्तो बताएका हुन् । स्थानीय निर्वाचनमा एमालेलाई जिताउने अभियानमा आफुहरु हिडेको बताउदैँ ‘अबको निर्वाचनमा कांग्रेसलाई धक्का, माओवादीको क्रमभङ्गता र समाजवादीको पत्तासाप हुन्छ’ उनले भने । ‘हाम्रो पार्टीकोले थुप्रै गरेका जन पक्षीय कामहरु गरेको छ, त्यसलाई जनतामाझ लगेर जानुस् ।’
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता भट्टले एमाले जिताउन आफुहरु मिसनमा हिडेको पनि बताए । निर्वाचनका लागि सर्वसम्मतीको प्रयाससहित पार्टीले उम्मेदवार तय गर्ने बताउँदै उनले भने ‘अबका उम्मेदवारहरु पार्टीप्रति पुर्ण जिम्मेवार र दृढ हुनुपर्छ, पार्टी निर्णयलाई सहर्ष सबैले स्वीकार्नु पर्छ । हिजोको जस्तो एमालेको जनमत कांग्रेसलाई बुझाउने जनप्रतिनिधि अब हुनुहुदैँन् ।’
पार्टीलाई एकताबद्ध गरेर जनताको घरदैलो जान समेत उनले नेताकार्य निर्देशन दिए । भीमदत्तमा स्थानीय निर्वाचनमा एमालेले पुनः जित्न उनले दावि गरे ।
सुरेन्द्र विष्टको नेतृत्वमा भीमदत्त विकासको लयमा अघि बढेको उल्लेख गदैँ त्यसलाई सबैले सहयोग गर्ने उनले आग्रह पनि गरे ।

