कञ्चनपुरका नौ वटै पालिकामा एमालेको प्रशिक्षण कार्यक्रमः तीन हजार बढीको सहभागीता

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर कमिटिको निर्णण अनुसार नगर कमिटिले आयोजना गरेका प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन । शनिबार जिल्लाका नौ वटै स्थानीय तहमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका हुन् । जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले सबै पालिकामा पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताए । कार्यक्रममा तीन हजार बढी नेता कार्यकर्ताले सहभागीता रहेको एमाले कञ्चनपुरले जनाएका छन् ।
भीमदत्त नगर कमिटिले आयोजना गरेको कार्यक्रममा पाँच सय र दोधरा–चाँदनीमा चार सय बढीको सहभागिता रहेको बताईएको छ । सबै पालिकामा करिब दुई सय देखी पाँच सयसम्मको सहभागीता रहेको एमालले कञ्चनपुरको दावि छ ।
जिल्ला कमिटि सदस्य नरेश बहादुर सिंहले वेदकोटमा पार्टी प्रशिक्षण कार्यक्रम पुर्ण रुपमा सफल भएको बताए । उनका अनुसार वेदकोटमा दुई बढी नेताकार्यको सहभागीता रहेको थियो ।
एमालेले समसायिक राजनिति विषय, पार्टीको वैचारीक, सैन्द्धातिक रणनीति, भावि चुनावी नीति, गठबन्धन सरकारका जनविरोधी कार्य लगायतका विषयमा प्रशिक्षण तथा अभिखिकरण आयोजना गरेको हो ।
पार्टी प्रशिक्षण कार्यक्रमका लागि नेताहरुलाई स्थानीय तहगत जिम्मेवारी दिईएको थियो । पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा सुदूरपश्चिम सह–ईन्चार्ज राजेन्द्र सिंह रावल, पोलिट व्युरो सदस्य तथा जिल्ला ईन्चार्ज निरुदेवी पाल, केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज नर बहादुर धामी, कृपाराम राना, कमला बोहरा, ईन्दु कडरिया, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रशाद खरेल, पार्टी अध्यक्ष सुरेन्द्र विष्ट, उपाध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लभ राज भट्टलगायतका नेताहरुले सम्बोधन गरेका छन् ।
त्यस्तै भीमदत्त नगरपालिकामा नेकपा एमालेका केन्द्रीय सदस्य लिलाधर भट्ट र सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारीले विशेष प्रशिक्षण दिएका थिए ।
नगर कमिटिले आयोजना गरेको कार्यक्रममा जिल्ला कमिटि सदस्य, सल्लाहकार परिषद्, जिल्ला विभाग, पुर्व जिल्ला कमिटि सदस्य, जनवर्गाीय संगठन, पालिका कमिटि, टोल कमिटि आवद्ध सबै नेता कार्यकर्ताको सहभागिता थियो । नेकपा एमालेले नयाँ नेतृत्व पाएपछि पार्टी गतिविधिलाई तिव्रताका साथ अघि बढाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्