राष्ट्रिय स्वास्थ्यकर्मी संघको कृष्णपुर कमिटि गठन

महेन्द्रनगर । नेकपा एमालेको जनसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको कृष्णपुर नगर कमिटीको नगर सम्मेलन आईतबार सम्पन्न भएको छ । सम्मेलनले डम्बरसिंह मालको अध्यक्षतामा विधान बमोजिम ९ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा भीम चौधरी, सचिवमा टेकराज राना र कोषाध्यक्षमा मञ्जु ओझा चयन भएका छन् ।
कमिटीको सदस्यमा सरिता पाल, बिन्दु लुहार, मक्र ओड, लोकेन्द्र ताम्राकार र राजमती राना छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला समिति सदस्य हर्कबहादुर भण्डारीको अध्यक्षतामा भएको सम्मेलन नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जयराज पाण्डेयको प्रमुख आतिथ्यतामा भएको छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं कृष्णपुर नगर इन्चार्ज लोकेन्द्रप्रसाद पन्त, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला अध्यक्ष प्रितिधिर भण्डारी र उपाध्यक्ष पूजा महत, नेकपा एमाले कृष्णपुर नगर कमिटी अध्यक्ष गणेशसिंह ऐरी लगायत पदाधिकारी र सदस्यहरू, नगरका सबै वडाबाट प्रतिनिधित्व गरी सहभागी भएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत व्यक्तित्वको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रीय प्रतिनिधि एवं नेकपा एमाले नगर कमिटी सदस्य सुरेशबहादुर धामीले गरेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्