एमाले कञ्चनपुरले एकै दिन दियो १० हजार बढीलाई प्रशिक्षण

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले स्थानीय तह निर्वाचनका लागि जिल्लास्थित वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र विष्ट निर्वाचित भएपछि जिल्ला पार्टीले संगठन बलियो र वैचारिक बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । सोही अन्र्तगत शनिबार जिल्लाका पाँच बाहेक अन्य ८७ वडामा अगुवा कार्यकर्ता प्रशिक्षण दिएको हो ।

वेदकोट र बेलडाँडी, लालझाडीका एक\एक र बेलौरीका दुई वडाको प्रशिक्षण कार्यक्रम आईतबार हुने गरि स्थगित गरिएको छ । एमालेले ‘घरघरमा एमाले, जनजनमा एमाले’ नारा सहित गरेको कार्यक्रम १० हजार एमाले कार्यकर्तालाई प्रशिक्षण दिईएको पार्टीले जनाएको छ । पार्टी उप–सचिव कर्ण बहादुर चन्दले भव्यताका साथ वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताए । उनका अनुसार कार्यक्रममा पार्टीले तोकेको मापदण्ड भन्दा बढी सहभागीता देखिएको छ ।
यसअघि चैत ५ गते शनिवार ९ वटै पालिकामा स्थानीय तह निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनि एमालेले सम्पन्न गरिसकेको छ ।

नेकपा एमाले भीमदत्त नगर कमिटि अध्यक्ष हिमाल बहादुर चन्दले सबै वडामा उत्साहजनक सहभागिता देखिएको छ । उनका अनुसार भीमदत्तका १९ वडामा दुई हजार बढी नेता कार्यकर्ताको सहभागीता रहेको थियो । कार्यक्रममा ४० देखि एक सय ५० जनाको सहभागीता रहेको उनको भनाई छ ।

त्यस्तै दोधारा चाँदनीका १० वडामा एक हजार बढीको सहभागीता रहेको जिल्ला कमिटि सदस्य ओम बस्नेतले बताए । उनका अनुसार वडामा ८० देखि १२० नेता कार्यकर्ताको सहभागीता रहेको थियो । लालझाडी पनि पार्टी प्रशिक्षण कार्यक्रममा उत्साहपुर्ण सहभागीता देखिएको छ । निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका उप–संयोजक तथा जिल्ला कमिटि सचिवालय सदस्य खेमराज ओझाले लालझाडीमा वडा नम्बर २ बाहेकका अन्य वडामा कार्यक्रम सम्पन्न भएको छ । त्यहाँ आठ सय बढीको सहभागीता रहेको नेता ओझाले बताए ।

लालझाडीमा पुर्व गाविस उपाध्यक्ष राम लक्ष्मण रानासहित १३ जनाले माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका छन् ।
कृष्णपुर नगरपालिकामा पनि सबै वडामा कार्यक्रम सम्पन्न भएको र प्रशिक्षणमा उत्साहजनक सहभागीता रहेको नगर कमिटि अध्यक्ष गणेश सिह ऐरीले जानकारी दिए । कृष्णपुर नगरपालिकाका ९ वटै वडाको कार्यक्रममा ७१५ जनाको सहभागीता रहेको थियो ।

प्रशिक्षणमा एमालेले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा, जबज र समाजवादका आधारहरू, हालसम्म रहेका एमाले सरकारले गरेका जनपक्षीय कामको चर्चा, परमादेशबाट बनेको गठबन्धन सरकारले गरेका गलत कामको भण्डाफोड गर्ने विषयवस्तुबारे प्रशिक्षण दिईएको छ । वडा कमिटि अध्यक्षको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम विभिन्न नेताहरुले प्रशिक्षण दिएको थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्