पार्टीले जिम्मेवारी दिए मेयरमा उम्मेदवारी दिन तयार अध्यक्ष विष्ट

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर प्रमुख सुरेन्द्र विष्टले पुनः मेयरमा दोहरिने संकेत गरेका छन् । नेकपा एमाले कञ्चनपुरको नेतृत्व समालि रहेका अध्यक्ष विष्टले पार्टीले जिम्मेवारी दिए त्यसका लागि आफु पनि तयार भएको बताएका हुन् । शनिबार भीमदत्त नगर कमिटिको पुर्ण बैठकलाई सम्बोधन गदैँ अध्यक्ष विष्टले स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउने आफ्नो दायित्व भएको भएको बताउँदै त्यसका लागि पार्टीले दिने जिम्मेवारी लागि तयार रहेको बताए ।
‘जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी भएको नाताले जिल्ला भरी पार्टीलाई विजयी गराउन मेरो दायित्व भएको र पार्टीले दिएको जिम्मेवारी कुशलता पूर्वक बहन गर्छु’ उनले कार्यक्रममा भने । स्थानीय तह निर्वाचनमा पार्टीले उम्मेदवार बनाए आफू फेरि पनि उम्मेदवार हुन तयार रहेको उनले बताए । उनले भने,‘स्थानीय तहको निर्वाचनको सन्दर्भमा पार्टीले निर्णय गरे फेरि उम्मेदवार हुन तयार नै छु ।’ त्यस्तै उनले उम्मेदवार जो सुकै भएपनि पार्टीलाई जिताउने गरि लाग्न सबै नेता कार्यकर्तालाई अपिल पनि गरे ।
जिल्ला अधिवेशनपछि पार्टी गतिविधि संगठन निर्माण लागेको एमाले स्थानीय निर्वाचन जित्न तयारी साथ लागेको छ । पाँच दलिय गठबन्धन भएपनि आफु चुनाव जित्ने एमालेको दावि छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्