लालझाडीमा समाजवादीको पालिका कमिटि एमालेमा समाहित, देउवा टोल नै पार्टी प्रवेश

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ठुलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको छन् । शनिबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस र समाजवादी लगायतका पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले कञचनपुरका पार्टी सचिव पल्लब राज भट्टले लालझाडीमा एक सय ५१ जनाले पार्टी प्रवेश गरेको बताए । उनका अनुसार नेकपा एकिकृत समाजवादीको अध्यक्ष र एक सदस्य बाहेको पालिका कमिटि एमालेमा प्रवेश गरेको छ । समाजवादीका लालझाडी ईन्चार्ज प्रकाश रानाको नेतृृत्वमा उनिहरु एमालेमा फर्किएका हुन् । उनिहरुलाई कञ्चनपुर ईन्चार्ज निरुदेवि पाल, लेखा आयोगका केन्द्रीय सदस्य ईश्वरी खरेल, पार्टी अध्यक्ष सुरेन्द्र विष्ट लगायका एमाले नेताहरुले टिकासहित स्वागत गरे ।
देउवाको गृह जिल्लाको कांग्रेसी टोल नै एमाले प्रवेश

नेपाली कांग्रेसका पार्टी सभापती देउवाको गृह जिल्लाको गाउँ पुर्खौली घर भएका लालझाडीका स्थानीय पनि एमाले प्रवेश गरेको छन् । त्यहाँ १५ परिवार रहेको देउवा टोल नै एमाले प्रवेश गरेको हो । आफुहरुलाई देउवाका मान्छे भनेर चिनिएपछि पार्टीबाट उपेक्षा गरिएको भन्दैँ २५ वर्षेदेखिका कृयाशिल सदस्यसहित टोल नै एमाले प्रवेश गरेको सचिव भट्टले बताए ।
लालझाडीमा एमालेमा जनलहर बढेको भन्दैँ गाउँपालिकामा एमालेले जित्ने नेताहरुको दावि छ । अघिल्लो निर्वाचनमा लालझाडीमा नेकपा माओवादीले जितेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्