‘गठबन्धनकारी एमालेलाई सम्झेर सपनामा पनि झल्यास् बिउझिन्छन्’: ओली

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालले गएको निर्वाचनको भन्दा राम्रो नतिजा ल्याउने बताएका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ५२ प्रतिशत जीत हात पारेकोमा यस पटक त्यसभन्दा राम्रो नतिजा आउने उनले बताए ।
‘एमाले एउटा लहरका रुपमा जनउभारका रुपमा देश बनाउने संकल्पका साथ अगाडी बढेको छ,’ बिहिबार कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले सबैभन्दा बढी उम्मेदवार हामीले उठाएका छौं, जीत पनि हामीले गत चुनाव भन्दा बढी नै जाला भन्ने हाम्रो अनुमान छ ।’
उनले अहिले देशभरिमा एमाले बाहेकका पार्टीले आमसभा गर्न नसकेको बताए । ५ दलिय गठबन्धनले देशभरिका ७ ठाउ“मा मात्रै आमसभा गर्ने भनेको छ । एमालले पालिका पालिकामा आमभसा गरिरहेको छ । ‘पालिका पालिकामा पार्टीको केन्द्रीय अध्यक्ष पुगिरहेको छ, त्यो भन्दा बढी घरदैलो के हुन्छ,’ उनले भने, ‘अरु पार्टीले हाम्रो जस्तो आमसभा गर्ने हिम्मत नै गर्दैनन् ।’ उनले गठबन्धनको चुनावी अभियान देउसीजस्तै भएको र एमालेको घरदैलो जुलुशजस्तो देखिने बताए ।
अध्यक्ष ओलीले एकिकृत समाजवादी वैशाख ३० पछि टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताए । ‘एमालेबाट चौइटिएका टुक्राको सानो नेताले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भने, बेलौरीको आमसभाले देखाइसकेको छ,’ उनले भने, ‘३० गतेपछि कसलाई टर्च बालेर खोज्नुपर्छ भन्ने जनताले जवाफ दिनेछन् ।’
सम्बृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्न देशमा स्थिर र सुदृढ सरकार आवश्यक पर्ने अध्यक्ष ओलीले बताए । त्यो शक्ति एमाले संग मात्रै भएको उनले बताए । ‘एमालेसंग एक्लै लडने कसैले आट समेत गरेका छैनन्,’ उनले भने, ‘त्यहि भएर गठबन्धन गरेर चुनाव लडदैछन् ।’
उनले का“ग्रेसको घोषणापत्रमा एमालेलाई गालीबाहेक अरु केही नभएको बताए । का“ग्रेसको घोषणापत्रमा का“ग्रेस सभापतिको नाम ८ ठाउ“मा र एमाले अध्यक्षको नाम ४२ ठाउ“मा लेखिएको उनले बताए । ‘एमालेको कस्तो आतंक, त्रास, सपनामा पनि झल्यास्स बिउझिन्छन्,’ उनले भने ।
का“ग्रेस सभापति देउवाले चुनावी सभामा एमाले बलियो भएका कारण गठबन्धन गर्नुपरेको भन्दै हिडेका उनले बताए । ‘देउवाले आधा कुरा थापा पाउनुभयो, आधा थाहा पाउन बाकी छ,’ उनले भने, ‘गठबन्धन गरेपनि एमालेसंग जित्न सकिन्न भन्ने चुनावपछि थाहा पाउनुहुन्छ ।’
अध्यक्ष ओलीले एमाले सबैका लागि भरपर्दाे पार्टी भएको बताए । बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने काम एमालले नै सुरु गरेको र त्यसलाई बढाउदै लगिरहेको उनले बताए । ‘तपाइको छोरा विदेश जान सक्छ, छोरी विदेश जान सक्छ,’ उनले भने, ‘तर एमाले कहि पनि जादैन, हरेक महिना तपाइको घरमा ४ हजार बोकेर आउछ, बैंकको व्याज तिर्नु छ, विजुलीको बिल तिर्नु छ भन्दैन ।’
पा“च दलिय गठबन्धन अहिले विकास निर्माणका काम भन्दा पनि अन्यत्रै अल्झिएको उनले बताए । अहिलेको सरकार भुई कोट्याएर बसेको उनले बताए । गठबन्धनले चुनावमा समेत महिलाका अधिकार खोसेको बताए । प्रमुख र उपप्रमुख मध्ये एउटामा महिला उठाउनुपर्ने संविधानमै व्यवस्था भएपनि गठबन्धनका नाममा अधिकांस ठाउमा प्रमुख र उपप्रमुख दुवैमा पुरुष उम्मेदवार बनाइएको उनले बताए ।
‘अब का“ग्रेस का“ग्रेस रह्यो र ? अहिले शेरबहादुर देउवा भरतपुरका जनतालाई झुटो बोल्दै हुनुहुन्छ,’ ओलीले भने, ‘रोणु दाहाल प्रचण्डाको छोरी होइन मेरी छोरी हो भन्दै हुनुहुन्छ, उहा“को छोरी भए रुख चिन्ह्बाट किन लडाउनु भएन ?’
अहिलेको स्थानीय तहको निर्वाचनमा एमालेले योग्य उम्मेदवार उठाएको बताए । उनले सबै उम्मेदवारले स्थानीय तहको विकासमा लाग्ने बताए । सबै उम्मेदवारले राम्रो काम गर्ने र यदि कसैले सुशासन र विकास विरोधी काम गरेमा कारवाही गरिने उनले बताए ।
कैलालीको बर्दगोरिया गाउपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गरेपछि ओली कञ्चनपुरको बेलौरी पुगेका हुन् । बेलौरीको आमसभापछि उनी कैलालीका धनगढीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्