एमाले उपाध्यक्ष पाण्डे कञ्चनपुर आउदैँ, एकै दिन ३ चुनावी सभालाई सम्बोधन गर्ने

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे कञ्चनपुरको आउने भएका छन् । बैशाख २६ जिल्लाका तीन स्थानमा हुने चुनावि सभालाई सम्बोधन गर्न उपाध्यक्ष पाण्डे कञ्चनपुर आउन लागेका हुन् ।
नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले वेदकोट, शुक्लाफाँटा र कृष्णपुरमा चुनावी सभा आयोजना गरिएको बताए । उनका अनुसार सभाको तयारीलाई लागि मुल निर्वाचन परिचालन र नगर कमिटिहरुलाई परिचालन गरिएको बताए । सोमबार बिहान ९ बजे शुक्लाफाँटा, २ बजे वेदकोट र ३ बजे कृष्णपुरको गुलरियामा एमालेको आम सभालाई सम्बोधन गर्ने तय भएको छ ।
यस पटक एमाले जिल्लाका नौ वटै स्थानीय तहमा चुनाव जित्ने रणनीतिका साथ अघि बढेको छ । गत बिहिबार एमाले अध्यक्ष ओली बेलौरी जन सभालाई सम्बोधन गरेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्