दोधराचाँदनीमा चुनावि घरदैलोमा व्यस्त एमाले उम्मेदवार, बलियो बनाउँदै जनमत

महेन्द्रनगर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु चुनावी घर दैलोमा व्यस्त छन । कञ्चनपुरमा पनि विभिन्न राजनितिक दल र स्वतन्त्र उम्मेदवारहरुले चुनावी गतिविधिमा व्यस्त छन् । नेकपा एमालेले पनि चुनावी घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अघि बढाएका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा ३(ख) मा उम्मेदवार रहेका नेता सुरेन्द्र विष्टले दोधराचाँदनी केन्द्रीत चुनावी घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन् । शुक्रबारदेखि घरदैलोमा रहेका विष्टले शनिबार पनि निरन्तता दिएका छन् ।
नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष समेत रहेका विष्टले दुई वटै तहमा चुनाव जित्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई परिचालन समेत गरेका छन् । एमाले उम्मेदवारहरुले दुई दिन ढकनाघाटदेखी वडा नम्बर ३, ६, र ७ का केही बस्तीहरुमा घरदैलो तथा भेटघाट गरेका छन् ।
नेकपा एमालेले शनिबार नै नगरका सबै वडामा संयुत्त चुनावी सम्र्पक कार्यालय समेत उद्धघाटन गरेको छ ।
कञ्चनपुर ३ मा राप्रपा नेपालसँग चुनावी तालमेल गरेको एमालेले संयुक्त रुपमा चुनावी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
शनिबार दोधराचाँदनी वडा नम्बर २ र ३ मा वडा कार्यालय स्थापना गरिएको छ भने आजै ४ र ५ मा पनि कार्यालय खोलिने पार्टीले जनाएको छ ।
एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचन जित्ने रणनीति बनाएको छ । दोधराचाँदनीमा स्थानीय पालिका जितेको एमाले बलियो मनोबलकासाथ त्यहाँ परिचालित भएको छ । पार्टी नेतृत्वको सरकार र विगतमा आफुहरुले गरेका कामहरु जनतामाझ लिएर गएको एमालेले स्थानीय र राष्ट्रिय विकास मुद्धासहित चुनावमा होमिएको छ ।

एमालेले दोधराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण, मझगाउँ विमानस्थल सञ्चालन, दोधरा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती तथा सेवा विस्तार, महाकाली र जोगबुढामा पक्की र बलियो तटबन्ध निर्माण, दोधराचाँदनीलाई व्यवस्थीत तथा सम्मानीत सीमा शहर बनाउने, विपन्न वर्गको उत्थान, स्वरोजगार तथा उद्यम, सीमा समस्या समाधान लगायतका योजना अघि सारेको छ ।
दोधराचाँदनीमा स्थानीय निर्वाचन भन्दा पनि एमालेको जनमत राम्रो रहेको स्थानीय नेताहरुले बताएका छन् ।

नेकपा एमाले दोधराचाँदनी ईन्चार्ज राजिव ख्डकाले त्यस क्षेत्रबाट एमालेले फराकिलो मतान्तरले लिड गर्ने बताए ।
‘अहिले नेकपा एमाले यस क्षेत्रमा बलियो अवस्थामा छ ।’ उनले भने ‘पार्टी पंङ्त्ती र उम्मेदवारहरु हाम्रो जनमत विस्तारमा लाग्नु भएको छ, दोधराचाँदनीबाट हामी राम्रो मतका साथ लिडिङ् पोजिसनमा रहन्छौँ ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्