दोधराचाँदनीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष एमाले प्रवेश

महेन्द्रनगर । कञ्चनपुरको दोधराचाँदनी नगरपालिका ३ का नेकपा माओवादी केन्द्रका वडाध्यक्ष एमाले प्रवेश गरेका छन् । शनिबार एमाले र राप्रपा नेपालको संयुत्त चुनावी सम्र्पक वडा कार्यालय उद्धघाटन कार्यक्रममा माओवादी केन्द्रका वडाध्यक्ष भरत सिंह साउद एमाले प्रवेश गरेका हुन् । उनीसँगै माओवादी कार्यकर्ता करन सिंह साउद पनि एमाले प्रवेश गरेका छन् ।


पुजिपति र सामान्ती वर्गको पक्षपोषक नेपाली कांग्रेससँग माओवादीले गठबन्धन गरेर मजदुर वर्गलाई वेवास्था गरेपछि आफुले पार्टी छोडेको उनको भनाई छ । साथै जनता र राष्ट्रको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले मात्रै भएको भन्दैँ पार्टी प्रवेश गरेको पनि बताए ।
उनिहरुलाई नेकपा एमाले पालिटव्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरु पाल र पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले स्वागत गरे । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार समेत रहेकी नेतृ निरुदेवी पाल र प्रदेश सभा ३(ख) मा उम्मेदवार नेता सुरेन्द्र विष्टले दोधराचाँदनी केन्द्रीत चुनावी घरदैलो कार्यक्रम व्यस्त छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्