दार्चुलाका पहिलो संक्रमितले कोरोना जिते, अस्पतालबाट भए डिस्चार्ज

दार्चुला- दार्चुलाका पहिलो संक्रमित कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन । दार्चुलाका महाकाली नगरपालिका ६ का ती २१ वर्षीय युवकलाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो ।

भारतबाट मजदुरी गरी फर्किएका ती युवकलाई महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा रहेका बेला कोरोना देखिएको थियोे । कोरोना लक्षण देखिएपछि उनलाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा भर्ना गरिएको थियो ।

युवाको जेठ १७ र जेठ २३ गते गरिएको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । कोरोना जितेर जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनबाट ती युवकको विदाई गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले जानकारी दिए ।

अब जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा महाकाली नगरपालिका ८ का २४ वर्षीय संक्रमित पुरुष बाँकि रहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्