प्रशिक्षक सिंह भन्छन्ः विश्व कप भन्दैँ आयोजकले धोका दिए
महेन्द्रनगर । भारतमा ‘कराँतेको विश्व कप प्रतियोगिता’मा सहभागी हुन बोलाइएका खेलाडी महेन्द्रनगरबाटै घर फर्किएका छन् । सुदूरपश्चिमसहित देशभरका विभिन्न ठाउँबाट प्रतियोगितामा सहभागी हुन आएका २७ कराँते खेलाडी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट घर फर्किएका हुन् । भारतको कोलकत्तामा विश्व कप प्रतियोगिता भइरहेको भन्दै जापान कराते दो कोसिकाइ सितोरियो संघ नेपालले खेलाडीलाई त्यसतर्फ लैजाने तयारी गरेको थियो ।
त्यसका लागि संघले खेलाडीलाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बोलायो । तर अन्तिममा उनीहरु प्रतियोगितामा सहभागी हुन पाएका छैनन् । भारतको कोलकत्तामा डिसेम्बर १७ र १८ तारिखमा प्रतियोगिता आयोजना भइरहेकोले सहभागिताका खेलाडीलाई बोलाइएको बैतडी जिल्लाका प्रमुख कराते प्रशिक्षक किरण बोहराले बताए ।
‘वल्र्ड कपमा सहभागिताका लागि खेलाडीहरुलाई बोलाइयो, तर अन्तिममा आएर हामी प्रतियोगितामा जान पाएका छैनौं ,’ उनले भने, ‘महेन्द्रनगरमै बस्नु परेको छ, धेरै जसो खेलाडी घर फर्कि सके हामी पनि घर फर्किने तयारीमा छौँ । ’ उनका अनुसार बैतडीका ११ जना खेलाडी प्रतियोगितामा सहभागी हुन जान मंसिर २७ गते घरबाट महेन्द्रनगर आएका थिए ।
मंसिर २९ गते बिहान ११ बजेतिर प्रतियोगितामा सहभागी हुन जाने प्रशिक्षक अभिशेक सिंहले भनेको थिए । तर प्रशिक्षकले विभिन्न बहाना बनाएर अन्तिममा त्यसतर्फ नलगेको खेलाडीको आरोप छ ।
‘एक महिना अघिदेखि प्रतियोगिताको तयारी ग¥यौं, गाडी भाडा तिरेर महेन्द्रनगर पनि पुग्यौं, कोलकत्ता जाने भनेको दिन बिहान ८ बजे सबै एक ठाउँमा भेटिने भनेका थियौं,’ बोहराले भने, ‘पछि गुरुलाई सम्पर्क गर्दा हार्ट अट्याकले आयोजक म¥यो भनियो, हामीलाई त्यहाँ लगिएन ।’
उनका अनुसार आयोजकबाट धोका भएकाले प्रशिक्षकले खेलाडीहरुलाई जर्सी र ट्रयाक दिएर घर फर्किनु पर्ने बताएका थिए ।
चार दिनदेखि आफूहरु महेन्द्रनगरमा बसिरहेको उनले बताए । यसअवधिमा खान, बस्नमा आफ्नो ३५÷४० हजार खर्च भइसकेको तर खेल खेल्न नपाउँदा नराम्रो लागेको उनले बताए ।
प्रतियोगितामा सहभागीताका लागि बैतडीका ११, काठमाडौँका ३, बाराका १ र कैलालीका १२ गरेर २७ खेलाडी महेन्द्रनगर पुगेका थिए। उनीहरुमध्ये प्रतियोगितामा सहभागीताका लागि जान नपाएका केही बिहीबार नै घर फर्किसकेका छन्।
उता प्रशिक्षक अभिशेक सिंह आफूहरु आयोजक भारतीय पक्षबाट ठगिएको बताए । भारतीय पक्षले दुई महिना अगाडि विश्वकप प्रतियोगिता आयोजना भइरहेकोले खेलाडीको सहभागीताका लागि आफूहरुलाई भनेको उनले सुनाए ।
‘विश्वकप प्रतियोगिता हो, आउन÷जाने भाडा र बस्न व्यवस्था हुन्छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिता उद्घघाटन गर्ने भनेर मौखिक जानकारी गराइयो,’उनले भने, ‘खेलाडीको इन्ट्री फि पाँच हजार भारु लाग्छ भन्दै थिए, हामी त्यसपछि त्यहाँ जानका लागि तयार भएका थियौं ।’ भारतीयहरुले प्रतियोगितालाई कमाइ खाने भाडो बनाएको थाहा पाएपछि आफूहरु प्रतियोगितामा सहभागी नभएको उनको जिकिर छ ।
‘मौखिम रुपमा मात्रै जानकारी गराइयो, बारम्बार लिखित पत्राचार गर्न भन्यौं, अन्तिममा आएर लिखित पत्राचार पनि गरायो,’ उनले भने, ‘अन्तिममा आएर उहाँहरुको आयोजक संघ कुनै अन्तराष्ट्रिय कमिटीभित्र नपर्ने कुरा थाहा पायौं ।’
भारतको प्रख्यात स्टेडियममा प्रतियोगिता आयोजना हुने भनिए पनि अन्तिम समयमा त्यहाँको कुनै एउटा विद्यालयमा प्रतियोगिता भइरहेको सूचना पाएको उनले बताए । ‘अन्तिममा आएर आयोजकले खान, बस्न, यातायातको पैशा आफैले तिर्नु पर्ने भने, इन्ट्री फि पनि बढाएर १० हजार पु¥याए,’ उनले भने, ‘त्यसैले त्यहाँ गएर अलपत्र पर्ने देखिएपछि हामी यतै रोकिएका हौँ ।’
प्रतियोगितामा खेलाडीको इन्ट्री गर्नका लागि ५० हजार भारु पठाइसकेको उनले बताए । ‘आयोजकसँग मेरो कुरा भएको छ, इन्ट्रीको पैसा फिर्ता गर्छौ भनेका छन्,’ उनले भने। भारतको कोलकत्ताबाट नारायण यादव नाम गरेका व्यक्तिले प्रतियोगिताबारे जानकारी गराएको प्रशिक्षक सिंहले बताए । प्रतियोगितामा सहभागीताको लागि लिखित पत्राचार गर्ने संस्थाका बारेमा भने उनले केही खुलाएनन् ।
आफूहरुले खेलाडीबाट कुनै शूल्क नउठाएको उनले बताए । सरकारबाट कुनै बजेट नपाएको बताउँदै उनले चन्दा उठाएर खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन खोजेको समेत बताए । ‘कोही खेलाडी अलपत्र परेका छैनन्, खानबस्न व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘कोही घर फर्किसके, कोही जाँदैछन्, खर्च नभए हामी टिकट काटेर पठाइदिन्छौं ।’
साथै उनले भारतीय पक्षका कारण आफुहरु समस्यामा परेको बताउँदै जापान कराते दो कोसिकाइ सितोरियो संघले नेपालमै ठुलो प्रतियोगिता गर्न लागेको बताए । ‘अन्तरराष्ट्रिय प्रतियोगितामा खेल्न पाउनु हाम्रा खेलाडीहरुका लागि पनि ठुलो अवसर हुन्थ्यो, त्यसैले हामीले भारत जान तयार भएका थियौँ ।’
प्रशिक्षक सिंहले भने ‘केही महिनामै हामी ठुलो प्रतियोगिता आयोजना गदैँ छौँ, त्यसमा नेपालसहित भारतको टीमलाई निम्ता गरेका छौँ ।’ साथै आफु खेलको विकास र खेलाडीको भविष्यप्रति पुर्ण जिम्मेवार चिन्तत रहेको उनको भनाई छ ।