महेन्द्रनगर । चिकित्सा शिक्षा आयोगले लिएको स्नाकोत्तर तह (मास्टर अफ पब्लिक हेल्थ) को प्रवेश परीक्षामा डडेल्धुराको अमरगडि–०२ का महेश भट्टले पहिलो नम्बरमा नाम निकालेका छन् । मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्सेजबाट जनस्वास्थ्यमा स्नातक उत्तीर्ण गरेका भट्ट एमपीएको प्रवेश परिक्षामा उकृष्ट नतिजा ल्याएका हुन् । करिब एक हजार परिक्षार्थी मध्ये उनी पहिलो नम्बरमा नाम निकाल्न सफल भएका हुन् ।
जनस्वास्थ्य अध्ययनसँगै नेपाल रेडक्रस सोसाईटी लगायतका विभिन्न संस्थाहरुमार्फत सामाजिक सेवामा पनि सक्रिय रहेका भट्ट फेडिक्रमा रिसर्च असिस्टेन्टको रूपमा कार्यारथ थिए । उनिसँग नेपाल जनस्वास्थ्य विद्यार्थी समन्वय केन्द्रको केन्द्रिय सदस्य रहेर समेत काम गरेका अनुभव छ ।
धनगडीको एश्वर्य विद्या निकेतबाट पलस टु मा विज्ञान अध्यन गरेका भट्टले यस कलेजको प्रवेश परिक्षामा पनि टप गरेका थिए । भट्टलाई १०+२ पछि सि.ए पढ्न ईच्छा भएपनि देशको जनस्वास्थ्य क्षेत्र सुधारमा योगदान पु¥याउने लक्ष्यसहित जनस्वास्थ्य क्षेत्र रोजेको उनी बताउछन् ।
