लगातार दोस्रो दिन पनि नेप्सेमा ५० अंकको वृद्धि

काठमाडौं । नयाँ सरकार गठन भएसँगै लगातार दोस्रो दिन पनि नेप्सेमा हरियाली छाएको छ । यस अघि दुई पटक अर्थमन्त्री भइसकेका विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्रीको रुपमा तेस्रो कार्यकाल शुरू गरेपछि शेयर बजारका लगानीकर्ताहरू उत्साहित देखिएका छन् । जसले गर्दा शेयर बजार लगातार उकालो लागिरहेको छ ।
सोमवार ५६.८८ अंकले बढेको बजार मंगलवार कारोबार खुलेको दुई घण्टामा नै झन्डै ५० अंकले बढ्दा कारोबार रकम पनि करीब दुई अर्ब रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका २११ कम्पनीहरु मध्ये ९ ओटा कम्पनीको शेयर मूल्य घट्दा २०१ कम्पनीको शेयर मूल्य बढेको छ।
त्यस्तै मल्टिपर्पोज फाईनेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर मूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । 
नेपाल पूँजी बजार लगानिकर्ता संघकी अध्यक्ष राधा पोख्रेल बजारमा मास सेन्टिमेन्टले काम गर्दा लगातार दोस्रो दिन पनि ५० अंकको वृद्धिले टेवा पाएको बताउँछिन्। विगतका दिनहरूमा अर्थमन्त्री विष्णु पौडेल हुदाँ बजारले अलटाईम हाई ब्रेक गरेको इतिहास छ । अहिले पनि बजारमा त्यही सेन्टिमेन्टले काम गरेको उनको भनाइ छ । 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्