नेप्सेमा उच्च वृद्धि, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । २०८० वैशाखका लागि ब्याजदर घटाउने निर्णय भएसँगै शेयर बजार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ । बुधवार नेप्से परिसूचक ४ दशमलव ९३ प्रतिशत वृद्धि भएर १ हजार ९६३ दशमलव ५५ विन्दुमा उक्लिएको हो । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बुधवार बसेको बैठकले सर्वसाधारण निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झार्ने र निक्षेप पनि ७.९९ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।
यसो त नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको अर्थतन्त्रको पछिल्लो तथ्यांकले पनि शेयर बजारमा सकारात्मक प्रभाव पारेको जानकार बताउँछन् । उक्त तथ्यांकले अर्थतन्त्रका प्रमुख सूचकहरू सकारात्मक बन्दै गएको देखाएको छ ।
बुधवार सेन्सेटिभ इन्डेक्स १८ दशमलव २५ अंक वृद्धि भएको छ । त्यस्तै फ्लोट इन्डेक्स ६ दशमलव ७६ अंक वृद्धि भएको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ६ दशमलव ४२ अंक बढेको हो । यस दिन कारोबारमा आएका २६७ धितोपत्रको ६१ लाख ७ हजार ४२५ कित्ता शेयर ४७ हजार २८५ पटकमा रू. १ अर्ब ९७ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सिद्धार्थ इक्वीटी फण्ड, सिटीजन म्युचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । त्यस्तै बुधवार कारोबारमा आएका धितोपत्रमध्ये तीनओटाको मूल्य घटेको छ भने बाँकी सबै धितोपत्रको मूल्य बढेको हो । जसमध्ये इबिएल डिबेञ्चर ८६ नामक ऋणपत्रको मूल्य १ दशमलव ९९ प्रतिशत घटेर रू. ७७७ दशमलव १० कायम भएको छ । ऋणपत्रको मूल्य घट्ने सूचीको दोस्रोमा सिभिल बैंक डिबेञ्चर २०८८ छ । यो ऋणपत्रको मूल्य १ दशमलव १८ प्रतिशत घटेर रू. ८३४ मा झरेको छ ।
बुधवार सर्वाधिक शेयर (कजबचभ) खरीदविक्री शिवम् सिमेन्ट्सको भएको छ । यस कम्पनीको रू. ११ करोड ७१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंक छ । कम्पनीको रू. ६ करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा बढी वित्त समूहको परिसूचक ६ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै बैंकिङ्ग समूहको ५ दशमलव ४६ प्रतिशत, विकास बैंक समूहको ५ दशमलव ७४ प्रतिशत र लघुवित्त समूहको परिसूचक ५ दशमलव ११ प्रतिशत वृद्धि भएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्