सुरेश पन्त
महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बैलौरीमा खैरो हिरोईन सहित दुई जना पक्राउ परेका छ्न ।
जिल्लाको बेलौरी नगरपालिका १० मसानघाट (दिपाघाट) बाट खैरो हिरोइन सहित दुइजनालाइ पक्राउ गरेको प्रहरी चौकी भुडाले जनाएको छ ।
सुप्रप्र ०२००३ प ३०८८ नम्बरको २२० सिसि पल्सर मोटरसाइकल चेकजाँच गर्दा सोही मोटरसाइकलका चालक बेदकोट नगरपालिका ९ बस्ने ३० वर्षका संजिव भन्डारी र सोही ठाउँका २३ वर्षका बिबेक साउद लाई दिपाघाटबाट पक्राउ गरेको हो । पकाउ परेका दुबैजना बाट ५ ग्राम ११ मिलीग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ प्रतिबन्धित खैरो हिरोइन ब्राउनसुगर फेला परेको प्रहरी चौकी भुडाका प्रहरी जवान महेस भट्ट्ले बताए ।
पक्राउ परेका दुबैजनालाइ इलाका प्रहरी कार्यालय बेलडाडी बुझाएको छ ।
