बेलाैरीमा स्थानीय थाले वडा सरसफाइ अभियान

सुरेश पन्त
बेलौरी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा स्थानीय मिलेर सरसफाइ अभियान थालिएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा स्थानीय आमा समुहको अगुवाइमा स्थानीयले मिलेर वडाको बाटो सरसफाइ अभियान थालेका हुन ।
मंगलबार बिहानै बाट सुरुभएको सरसफाइ अभियानमा बाटोमा रहेका रुख बिरुवा काठदाउरा चरी घाँस सरसफाइ गरेको हो । बाटो छेउमा रहेका दाउरा, निर्माण सामाग्री, गाई बस्तु ट्राली कृषि सामाग्रीहरु हटाउन लगाइएको छ ।
बाटो अवरोध हुने सबैकार्यहरुलाइ नगर्न र नगराउन वडाकार्यालयले सुचना समेत जारी गर्दा पनि सफाइ नहुंदा स्थानियनै सरसफाइमा जुटेका हुन ।
बाटोमा रुखहरुले गर्दा दुर्घटना निम्तिने भएका सरसफाइ अभियान थालिएको स्थानीय आमा समुहकी अगुवा पार्वती थापाले बताउनु भयो । बाटो आसपासमा झाडी हुँदा सर्प लामखुट्टेहरुको खतरा हुने भएकाले स्थानीय मिलेर डेङु तथा अन्य रोग बाट बच्न सफाइ अभियान चालिएको वडा सदस्य जोगिलाल चौधरीले बताए । तीन दिन सम्म दैनिक बिहान ७ बजे बाट ११ बजे सम्म चल्ने सरसफाइ अभियान लाई वडा नम्बर १० को कार्यालय, प्रहरी चौकी भुडा र ससस्त्र सिमा प्रहरी लगायत स्थानीयहरुको सहयोग रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्