निड्स नेपालद्धारा करियर काउन्सिलिङ तालिम आयोजना

महेन्द्रनगर । निड्स नेपाल कञ्चनपुरद्धारा सञ्चालित आप्रवासी परिवारका लागि आर्थिक उत्थानशिल कार्यक्रम (बीईआरएसएमएफ) अन्तरगत वेकका सदस्यहरुलाई दुई दिने तालिम आयोजना गरिएको छ । भीमदत्त नगरपालिका–९ स्थित खल्ला, मसेठ्ठी, टुडिखेल, बह्मटोल र वादी बस्तीका महिला समुहलाई लक्षीत गरि तालिम आयोजना गरिएको तालिम बुधबारबाट महेन्द्रनगरमा सुरु भएको छ ।

बीईआरएसएमएफकी कार्यक्रम संयोजक अनिला डगौराले सिप पहिचानसँगै स्वरोजगार बनाउन तालिम आयोजना गरिएको बताईन् । तालिममा सहभागीलाई उनीहरुमा रहेको सिप पहिचान गरि त्यस सम्बन्धी आवश्यक परामर्श दिईने छ । लैङ्गिक रुपमा सिप पहिचान गर्ने, क्षमता अनुसारको सिप सम्बन्धित परामर्श दिनुका साथै रोजगारीका अवसरको समेत खोजी गरिने संयोजक चौधरीले बताईन् ।

विपन्न समुदायका महिलाहरुको सिप पहिचानसँगै स्वरोजगार बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । १५ जना सहभागी रहेको तालिम निड्स नेपालकी पुर्व अध्यक्ष बिमला शाहको अध्यक्षमा सुरु भएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्