कञ्चनपुरमा गाली बेईजती र लागुऔषध मुद्दामा फरार ६ जना पक्राउ

कञ्चनपुरः गाली बेईजती र लागुऔषध मुद्दामा फरार कञ्चनपुरका ६ जना पक्राउ परेका छन्। गाली–बेईजती मुद्दामा मिति २०५८ असार १२ गते जिल्ला अदालत कञ्चनपुरबाट १ हजार जरिवाना भई फरार रहेका ५ जना पक्राउ परेका छन्।
गाली बेईजती मुद्दामा फरार रहेका कञ्चनपुरको लालझाडी गाउँपालका–२ का ४९ वर्षीय श्यामबहादुर राना, ४७ वर्षीय रोहित सिंह बडायक, ४५ वर्षीय रामध्वज बडायक, ६८ वर्षीय किशन सिंह बडायक र ५८ वर्षीय लोकेन्द्र सिंह बडायक पक्राउ परेका हुन्। पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा पेश गरेको जनाएको छ।

यसैगरी कञ्चनपुर जिल्ला अदालतको मिति २०८० जेठ ५ गतेको फैसलाले १ महिना ४ दिन कैद सजाय तोकिई फरार रहेको भीमदत्त नगरपालका–१५ निम्बुखेडा बस्ने २८ वर्षीय जय प्रकाश पाल भन्ने मन्दिप पाल पक्राउ परेका छन्। पाललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्