ब्रिक्सटन कलेजमा एमबीए र बीसीएको कार्यक्रम सुरु हुदैँ

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित ब्रिक्सटन कलेजमा एमबीए र बीसीएको कार्यक्रम सुरु गरेको छ । पोखरा विश्वद्यिालयबाट सम्बन्धन प्राप्त गरेपछि यसै वर्षदेखि स्नातकोत्तर र स्नातक तहमा नयाँ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । भाँसीस्थित कलेजमा सन् २००९ देखि बीबीए पठनपाठन हुँदै आएकोमा यसै शैक्षिक शस्त्रबाट एमबीए र बीसीएका कक्षाहरु सञ्चालन गरिने कलेज जनाएको छ ।
होटेल ओपेरामा मंगलबार कार्यक्रम गरी दुबै संकाय औपचारिक उद्घाटन गरिएको छ । पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायका डीन प्रा.डा. दयाराम ढकालले भिडियो अन गरी दुबै संकायको उद्घाटन गरे । कलेजका प्रिन्सिपल डा. भोजराज पन्तले पोखरा विश्वविद्यालयको अनुमति दिएपछि यस वर्षदेखि एमबीए र बीसीएको पठनपाठन सुरु गरिने बताए । ‘पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए सञ्चालन गर्दै आएका छौ, यस वर्ष थप दुई नयाँ कार्यक्रम एमबीए र बीसीए सञ्चालनको अनुमति पाएका छौ’ कार्यक्रममा प्रिन्सिपल पन्तले भने,‘त्यस अनुसार आज कार्यक्रम औपचारिक रुपमा लञ्च गरेका छौ ।’ प्रिन्सिपल पन्तले नयाँ कार्यक्रमले सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुलाई बीबीए र बीसीए अध्ययनका लागि सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. ढकाल सहित विश्वविद्यालय सम्बन्धनमा सञ्चालित सुदूरपश्चिमका सबै कलेजका प्रतिनिधि, बैंक तथा वित्तिय संस्था, विद्यार्थी र शिक्षक कर्मचारी लगायतका सहभागी भएका छन ।
कार्यक्रममा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन ढकालले विश्वविद्यालयले व्यवस्थापन संकायको पाठ्यक्रम परिवर्तन गर्न लागेको जानकारी दिए । स्नातक र स्नातकोत्तर तह दुबैमा पाठ्यक्रम संशोधन हुने डिन ढकालले जानकारी दिए । ‘मैले डीनको जिम्मेवारी सम्हालेपछि टिभी अन्तरवार्तामा भनेको थिए, एसिया, दक्षिण एसिया जस्तो बनाउन नसकेपछि नेपालमा भने नम्बर वान बनाउँछु भनेर, त्यस अनुसार कोर्ष अपडेट गर्दैछौ’ उनले भने,‘बेचलर र मास्टर्स दुबैमा कोर्ष चेन्ज हुन्छ ।’
विश्वविद्यालयका डीन ढकालले विद्यार्थीहरुको जीवन सफल बनाउने उद्देश्य राखेर पाठ्यक्रम परिवर्तन गर्न लागिएको बताए । ‘जीवनलाई कसरी सफल बनाउने भन्ने ध्येय राखेर नै कोर्ष बनाइएको छ, जीवन कसरी सफल बनाउन सकिन्छ, त्यसमा केन्द्रित गरुेका छौ’ उनले भने,‘विद्यार्थीलाई कर्मजीवि बनाउनु, मानवताको व्यवहार गर्न सक्ने बनाउनु र रिसर्च गर्न सक्ने क्षमताको जनशक्ति उत्पादन गर्न चाहन्छौ ।’
कार्यक्रममा नास्टका प्रमुख प्रेम बहादुर चन्द, नेपाल वेस्टर्न इन्जिनियरिङ्ग कलेज धनगढीका शैलेश सिह लगायतले मन्तव्य राखे । कार्यक्रममा नास्टका प्रबन्ध निर्देशक शिवहरि मुडभरी, अमिटी कलेजका प्रिन्सिपल रविन्द्र अवस्थी, प्याब्सन केन्द्रीय सल्लाहकार डा। हिरा चन्द लगायतका सहभागी भए । कलेजका सल्लाहकार निशा भट्टले स्वागत मन्तव्य राख्दै कलेजले समय सापेक्ष सुहाउँदै शिक्षा प्रदान गर्दै आएको बताइन ।
ब्रिक्सटन कलेजका अध्यक्ष डा. नेत्रराज चटौतको अध्यक्षमा कार्यक्रम गरिएको छ । अध्यक्ष चटौतले प्रतिस्पर्धी र विश्वको माग अनुसारको जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर अघि बढेको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्