एमालेले वडा कार्यालयलाई बुझायो ज्ञापनपत्र, योजना र बजेट खर्च सार्वजनिक गर्न माग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ को वडा कार्यालयलाई नेकपा एमालेले ज्ञापनपत्र बुझाएको छ । आईतबार नेकपा एमाले भीमदत्त–१५ को वडा कमिटिले वडा कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

भीमदत्तका विभिन्न वडामा ज्ञापनपत्र बुझाउँदै खबरदारी गरिरहेको एमालेले नयाँ सरकार निर्वाचित भएको पछिल्ला दुई आर्थिक वर्षमा भएको विकास निर्माण तथा बजेट खर्च सार्वजनिक गर्न माग गरेको हो । आर्थिक वर्ष २०७९।८० र ०८०।८१ मा विनियोजित बजेट र सोबाट भएको प्रगती सार्वजनिक गर्न एमालेको माग छ ।

वडा कमिटि अध्यक्ष कृष्णदेव भट्टले जननिर्वाचित सरकारलाई खबरदारीसँगै जन पक्षीय काम गर्न ज्ञापनपत्र बुझाएको बताए । वडाले पुर्वाग्राही तरिकाले काम गरिरहेको उनको आरोप छ । एमालेले बुझाएको १९ बुदेँ ज्ञापनपत्रमा वडाका प्रमुख समस्या उठानसँगै आवश्यक योजना कार्यान्वयनका लागि पनि सुझाएको छ ।

वडाका सबै स्थानमा पक्की सडक निर्माण, छाडा पशु चौपाया व्यवस्थापन, बाढी पिडितलाई तत्काल राहात, वडाको बजेटलाई परिमाणमुखि बनाउनुपर्ने, अव्यवस्थीत विद्युत पोलको व्यवस्थापन, कृषीजन्य उपज संकलन केन्द्र स्थापना, सार्वजनिक जमिनको खोजि तथा संरक्षण गर्नुपर्ने लगायतका माग एमालेले अघि सारेको छ ।

नेकपा एमाले नगर कमिटि अध्यक्ष हिमाल बहादुर चन्दले नगरपालिकासँगै सबै वडामा पार्टीले ज्ञापनपत्रसहित खबरदारी गरिरहेको बताए । उनले पछिल्ला दुई वर्षमा जनतामा स्थानीय सरकार भएको अनुभुती समेत हुन छोडेको भन्दै पालिका र वडालाई जनजीविकाको सवाल काम गर्न खबरदारी गरिएको बताए । भीमदत्तमा प्रतिपक्षको रुपमा रहेको एमालेले पछिल्लो समय नियमित रुपमा खबरदारी गदै आईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्