भिओयूद्धारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिता मंगलबारदेखि सुरु हुने

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत रहेको विद्यार्थीको साझा सस्था भ्वाईस अफ युनिभर्सिटी(भिओयू)को आयोजनामा भईरहेको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर क्याम्पस हाजिरि जवाफ प्रतियोगिता मंगलबारदेखि सुरु हुन लागेको छ ।
भिओयूका अध्यक्ष पुस्करराज पन्तले प्रतियोगिताको सम्पुर्ण तयारी भईसकेको बताउँदै मंगलबार उद्धघाटन गरिने बताए । उनका अनुसार प्रतियोगितामा २५ को नाम दर्ता भईसकेको छ ।
प्रतियोगितामा प्रथम हुने टीमले ट्रफ्रीसहित ५५ हजार पाँस सय ५५ रुपयाँ नगद पुरस्कार हात पर्नेछ भने द्धितीय टीमले २२ हजार दुई सय २२ र तृतीय टिमले ११ हजार एक सय ११ रुपयाँ नगद प्राप्त गर्नेछ । प्रतियोगितामा कैलाली, कञचनपुर लगायतका जिल्लाका विभिन्न क्याम्पसहरुको सहभागीता रहने छ । असोज ८ गते उद्धघाटन हुने प्रतियोगीता असोज ९ गते समापन हुनेछ । विभिन्न चरणमा हुने प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्