भिओयूद्वारा आयोजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, बैतडीको मणिलेक बहुमुखी क्याम्पस प्रथम

कञ्चनपुर – कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटीले उक्त प्रतियोगिता आयोजना गरेको थियो।

प्रतियोगितामा सुदूरपश्चिमका ४ जिल्लाका २२ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताबाट बैतडीको मणिलेक बहुमुखी क्याम्पसले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ। उक्त टिममा नवराज भट्ट, बिकाश भट्ट र अनिल साउद रहेका थिए। 

त्यसैगरी कैलालीको कैलाली बहुमुखी क्याम्पसले द्वितीय स्थान प्राप्त गरेको छ। कैलालीको बहुमुखी क्याम्पसको टिममा मौसम जोशी, पूर्ण प्रसाद जोशी र खेमराज जोशी रहेका थिए। तृतीय स्थान कैलालीकै सुदूरपश्चिमाञ्चल क्याम्पसले प्राप्त गरेको छ। उक्त टिममा रञ्जित धनाडी, गोविन्द कलौनी र उपेन्द्र बहादुर सिह रहेका थिए।

प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यालहरूलाई क्रमश ५५ हजार ५ सय ५५, २२ हजार २ सय २२, ११ हजार १ सय ११ नगद सहित ट्रफी, मेडल प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

मङ्गलबारबाट सुरु भएको प्रतियोगिता बुधबार सम्म चलेको भ्वाइस अफ युनिभर्सिटीका अध्यक्ष पुस्कर राज पन्तले बताए। सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटीले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन स्थापनाकालदेखि नै निरन्तर रुपमा विभिन्न प्रतियोगिता एवम् कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्