सवारी दुर्घटना न्यूनीकरण गर्न वडाध्यक्ष बस्नेतद्वारा चालकलाई हेल्मेट उपहार

महेन्द्रनगर । कञ्चनपुरमा एक वडा कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न चालकलाई नयाँ हेल्मेट उपहार दिएको छ। दोधाराचाँदनी नगरपालिका ६ नम्बर वडा कार्यालयले सिर्जनात्मक रूपमा हेल्मेटविनै मोटरसाइकल, स्कुटी चलाउने चालकलाई नयाँ हेल्मेट उपहार दिएको हो। दोधाराचाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओम बस्नेतले सडकमा विनाहेल्मेट सवारीसाधन कुदाउने मोटरसाइकलनीलाई ट्राफिक सचेतनाका साथै हेल्मेट वितरण गराएको बताए। 
‘हामीले सडकमा यसपटक नयाँ ढंगले सवारी दुर्घटना रोक्ने उद्देश्यले चालकलाई ट्राफिक सचेतना गराएका छौँ,’ वडाध्यक्ष बस्नेतले भने, ‘लाखौँको सवारीसाधन किन्ने, तर हेल्मेट नलगाउने चालकलाई हामीले लज्जाबोधसहित हेल्मेट दिएका छौँ ।’
इलाका प्रहरी कार्यालय दोधारा, स्थानीय ट्राफिक प्रहरीसहितको उपस्थितिमा सचेतनासहित पहिलो दिन विनाहेल्मेट मोटरसाइकल, स्कुटी चलाउने १० चालकलाई हेल्मेट वितरण गरेको वडाध्यक्ष बस्नेतले बताए ।
ट्राफिक सचेतना दोधारा–चाँदनी नगरकै ६ नम्बर वडा क्षेत्रमा सवारीसाधनको चाप बढ्ने भएकाले विनाकारण सवारीसाधन दुर्घटना हुने भएकाले सवारी दुर्घटनाबाट अकालमै ज्यान गुमाउनेदेखि अंगभंगबाट मानिसको ज्यान सुरक्षाका लागि उक्त सिर्जनात्मक कार्यक्रम गरिएको अध्यक्ष बस्नेतले बताए।
दसैँ, तिहार नजिकिँदै जाँदा वडा कार्यालयले आफ्नो वडा क्षेत्रमा उक्त कार्यक्रम गरेको र भावी दिनमा पनि नागरिक सचेतना कार्यक्रम गर्दै जाने उनले बताए ।  

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्