महेन्द्रनगरका लियो क्लबद्धारा ट्राफिक सचेतना कार्यक्रम आयोजना

महेन्द्रनगर । महेन्द्रनगरस्थित लियो क्लबहरुले ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेका छन् । बिहिबार महेन्द्रनगर सडक ¥यालीसहित लियो क्लबहरुले ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेका हुन् ।

कञ्चनपुरका लायन्स क्लब र जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयसँगको सहकार्यमा लियो क्लब अफ महेन्द्रनगर सिटी स्माईल, महाकाली क्लासिक, लिटिल बुद्ध, ब्रिक्सटन कलेज र महाकाली आदर्शको संयुक्त आयोजनामा ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।

लियो क्लब अफ महेन्द्रनगर सिटि स्माईलमा उपाध्यक्ष सुरेश गिरीले जिल्लास्थीत सबै लियो क्लबको आयोजनाको सचेतना कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार ट्राफिक सचेतना कार्यक्रम ट्राफिक चोकदेखि ¥यालिसहित बसपार्क हुदैँ मदन चोकमा समापन गरिएको थियो ।

कार्यक्रममा महेन्द्रनगरका सिनियर लायन्स डा. भोजराज पन्त, पिआरओ ईन चिफ लायन जगदिश चन्द्र भट्ट, लियो जिल्ला परिषद् ३२५ एन का अध्यक्ष मदन गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण पचभैयालगायत महेन्द्रनगरका लियोहरुको सहभागीता रहेको थियो । समापन कार्यक्रममा बोल्दै परिषद् अध्यक्ष गिरीले लियोले युवा सशक्तीकरणसँगै समाजिक कार्य गदैँ आईरहेको बताउँदै ट्राफिक सचेतना नियमित गर्नुपर्ने बताए ।

त्यस्तै लायन जगदिश चन्द्र भट्टले लियो गरेको कार्यक्रम निकै उकृष्ट रहेको बताए । उनले लियोका समाजिक कार्यहरुले समाजिक रुपान्तरणको सन्देशसहित युवाहरुलाई सामाजिक कार्यका लागि उत्प्रेरित गर्ने बताए ।

त्यस्तै ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण पचभैयाले ट्राफिक सचेतना सबैका लागि आवश्यक भएको बताउँदै लियोलाई धन्यवाद समेत दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्