कार्य सम्पादनमा स्वास्थ्य कार्यालय कञ्चनपुर सुदूरपश्चिमै उत्कृष्ट

महेन्द्रनगर । कार्य सम्पादन मुल्याकंन तथा स्वास्थ्य सूचकाङ्कमा स्वास्थ्य कार्यालय कञ्चनपुर सुदूरपश्चिममै प्रथम भएको छ । स्वास्थ्य निर्देशनालय डोटीले आयोजना गरेको एकीकृत वार्षिक स्वास्थ समिक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय कञ्चनपुरलाई उत्कृष्ट घोषणा गरिएको हो ।

कार्यालयको कार्य सम्पादन र विभिन्न स्वास्थ्य सूचकाङ्कको आधारमा कञ्चनपुरलाई उत्कृष्ट घोषणा गरिएको हो । कार्तिक २ देखि सञ्चालन भएको प्रादेशिक समिक्षा गोष्ठी आईतबार सम्पन्न भएको छ । गोष्ठीमा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ ।
जिल्लामा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रम, स्वास्थ्य सूचकाङ्कहरुको तुलनात्मक विश्लेषण, सुशासन तथा गुणस्तरीय सेवा प्रवाह, बजेट खर्च तथा बजेरु नियन्त्रण, स्वास्थ्य सस्थाबिच समन्वय लगायतका आधारमा स्वास्थ्य संस्थाहरुको मुल्याकंन गरिएको हो ।
कञ्चनपुरले एक सय अंकमा ८२ दशमलव ९३ अंक प्राप्त गरि प्रथम भएको हो । त्यस्तै स्वास्थ्य कार्यालय कैलाली दोस्रो र बैतडी तृतीय भएको छ ।

जिल्लास्थित सबै स्वास्थ्य संस्थाहरुले राम्रो काम गरेकाले कञ्चनपुर उत्कृष्ट भएको स्वास्थ्य कार्यालय प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले बताए । उनले सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सामुहिक प्रयासमा प्रथम हुन सफल भएको बताए ।
‘ यस उपलब्धीका लागि सबै स्वास्थ्यकर्मीहरु धन्यवादको पात्र हुनुहुन्छ, यो जिल्लास्थीत सबै स्वास्थ्य संस्थाहरुको सामुहिक कार्यको प्रतिफल हो ।’ वरिष्ठ जनस्वास्थय अधिकृत जोशीले भने ‘सेवा प्रवाहलाई अझै व्यवस्थित र उत्कृष्ट बनाउने हाम्रो प्रयास निरन्तर जारी छ ।’ यस अघि आर्थिक वर्ष २०७८।७९ मा स्वास्थ्य कार्यालय कञ्चनपुरले कार्य सम्पादनमा तृतीय स्थान प्राप्त गरेको थियो ।
प्रादेशिक समिक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्डाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्