‘म्यारिज एनिभर्सरी’ काे अवसरमा देउपा दम्पतीद्वारा अनाथ बालबालिकालाई पाेषक  र फलफूल  वितरण

महेन्द्रनगर ।  कञ्चनपुरकाे भीमदत्त नगरपालिकाका एक दम्पतीले  म्यारिज एनिभर्सरी (वैवाहिक वर्षगाँठ)काे अवसरमा  अनाथालयलाई पाेषक र फलफूल तथा मिठाइँ  वितरण गरेका छन् ।  

भीनपा-१२ का अनिल देउपा र शारदा खत्री (देउपा)ले आफ्नो दाेश्रो वैवाहिक वर्षगाँठकाे अवसरमा महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकालाई २४ थान ट्रर्याक सुटसहित उत्त सहयाेग गरेका हुन् । उनिहरुले वैवाहिक जीवनमा बाधिएका दिनकाेे अवसरमा असहाय बालबालिकालाई सहयाेग गरेकाे बताएका छन् ।

पछिल्लो समय  म्यारिज एनिभर्सरीमा पाटि र मनाेरञ्जनमा खर्च गर्ने प्रचलन बढिरहेका बेला देउपा दम्पतीले अनाथ बालबालिकालाई सहयाेग गरेका हुन् ।

हाल  वैदेशिक अध्ययनका लागि जापानमा बस्दै  आएकी शारदा खत्रीले असहाय बालबालिकालाईसँग खुसि साट्न पाएकाे हर्षित भएकाे बताईन। उनका श्रीमान अनिल देउपाले परिवारका अन्य सदस्यसहित  समाज कल्याण अञ्चल बाल अनाथालयकी सदस्य भगवती थापालाई हस्तान्तरण गरे  थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्