कृष्णपुरको सरस्वती माविमा औषधि खरिदमा अनियमिताको भएको आरोप

विद्यालय व्यवस्थापन समितिकै मिलोमतो रहेको स्थानीयको आशंका
महेन्द्रनगर ।
कञ्चनपुरका कृष्णपुर नगरपालिका–२ वाणिस्थित सरस्वती माध्यमिक विद्यायल(प्राविधिक) मा औषधि खरिदमा अनियमितता भएको आरोप लागेको छ । प्रि–डिप्लोमा ईन भेटनरी साईन्स कार्यक्रमका लागि विद्यालयले कोटेसनमार्फत गत जेठमा खरिद गरेको औषधिमा अनियमिता भएको विद्यालयकै शिक्षकहरुको दावि छ ।

विद्यालयका कार्यक्रम संयोजक धिरेन्द्र कुमार ढुङ्गालले औषधि खरिदमा आर्थिक अनियमिता भएको बताए । उनका अनुसार सिटीईभीटीबाट औषधी खरिदका लागि तीन लाख बजेट आएकोमा कम औषधी खरिद गरिएको बताए । प्रयोगशाला र पशु उपचारका लागि आउने किसानका लागि गरिएको औषधी खरिद पक्रियाबारे आफु कार्यक्रम संयोजक भएपनि विद्यालयले कुनै जानकारी नगराएको उनको भनाई छ । माग फारम अनुसार एक लाख भन्दा कमको औषधी आएको देखिएको उनले बताए । केही औषधी अंकित मुल्य नभएको, म्याद नाघेको समेत भेटिएको छ ।

त्यस्तै विद्यालयकी सहायक प्रशिक्षक आस्था जोशीले बिलमा तीन लाखको औषधि खरिद गरेको देखिए पनि एक लाख भन्दा कमको औषधी मात्रै आएको दावि गरिन् । साथै औषधी रुजु गर्दा सम्बन्धित विज्ञ शिक्षकबाट गराउनु पर्नेमा भाषा शिक्षकबाट गरिएको समेत उनले बताईन् । यस विषयमा कुरा उठाउदाँ आफुलाई जागिरबाट नै हटाईदिने धम्की समेत आएको उनको आरोप छ ।
विद्यालय व्यवस्थापन समितिको समेत मिलोमतोमा अनियमिता भएको स्थानीयको आरोप छ । विद्यालयमा भएको अनियमिताबारे जानकारी गराउदाँ समेत अध्यक्षले नजर आन्दाज गरेको स्थानीयको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन साउँद कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष समेत हुन् । जन प्रतिनिधिले सुशासन र पारदर्शिता कायम गराउनु पर्नेमा उल्टै अनियमिताको संरक्षण गर्ने गरेको स्थानीयको दावि छ ।
विद्यालयका प्रधानाध्यापक अम्बदत्त बडुले नियम अनुसार नै खरिद गरेको दावि गरे । उनले तीन लाख बजेटमा दुई लाखको मात्रै औषधी खरिद गरिएको बताए । साथै एक लाख रुपयाँ विद्यालयकै खातामा जम्मा गरेको उनले दावि गरे । ‘दुई लाखको औषधीले पुग्ने भएपछि विद्यालयले कम खरिद गरेको हो, २५ हजार कमिसनसहितको बाँकी रकम विद्यालयकै खातामा जम्मा गरेका छौँ ।’ प्रअ बडुले भने ‘प्रशासनीक खर्च धेरै हुदा विद्यालय घाटामा छ, अन्य प्रयोजनका लागि बजेट खातामा जम्मा गरिएको छ ।’ कानुनः शर्सत अनुदानमा प्राप्त बजेट अन्य शिर्षकमा खर्च गर्न पाईदैँन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्