महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोपबारे वडाध्यक्ष अर्जुन सिंह साउदले आफ्नो ध्यानार्कषण भएको जनाएका छन् ।
उनले सरस्वती माविमा औषधि खरिदमा अनिमिताको आरोपबारे प्रकाशित समाचारको खण्डन गदैँ उक्त घटनामा आफ्नो संलग्नता नरहेको दावि गरेका छन् ।
सरस्वती माविमा सिटिईभिटी अन्र्तगत तीन लाखको औषधी खरिद गर्दा अनियमिता भएको विद्यालयकै शिक्षकहरुले आरोप लगाएका छन् । सोही आरोपबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका साउदले समाचारको खण्डन गदैँ मिलोमतोमा अनिमिता भएको शिक्षक र स्थानीयको आरोपबारे गम्भीर ध्यान आकर्षण भएको बताएका छन् ।
‘घटनामा विद्यालय व्यवस्थापन समितिको कुनै पनि किसिमको सहभागिता तथा संलग्नता नरहेको प्रष्ट पार्दछौँ ।’ उनले भने ‘उक्त विषयको सम्बन्धित निकायबाट आवश्यक छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाहीका लागि समेत अनुरोध गर्दछु।’