महेन्द्रनगरकी दुई छोरीद्वारा दक्षिण एसियाली करातेमा ऐतिहासिक सफलता : आस्था लुहार स्वर्ण, सोनिया तिरूवा काँस्य पदक विजेता

कोलम्बो, श्रीलंका | जुलाई ७, २०२५
श्रीलंकाको कोलम्बोस्थित Sugathadasa Indoor Stadium मा सम्पन्न ९औं दक्षिण एसियाली कराते च्याम्पियनसिप (SAKF) २०२५ मा नेपालका तर्फबाट सहभागी महेन्द्रनगर, कञ्चनपुर की दुई महिला कराते खेलाडीहरूले ऐतिहासिक सफलता प्राप्त गरेका छन्।

**आस्था लुहारले शानदार प्रदर्शन गर्दै स्वर्ण पदक (Gold Medal) जित्न सफल भइन् भने, अर्की खेलाडी सोनिया तिरूवा ले तेस्रो स्थान (Bronze Medal) हासिल गर्दै नेपाललाई गौरवान्वित बनाएकी छन्।

यी दुबै खेलाडी महेन्द्रनगरस्थित शितो-रियो कराते डोजो (Shito-Ryu Karate Dojo) की नियमित खेलाडीहरू हुन्। उनीहरूलाई लामो समयदेखि वरिष्ठ प्रशिक्षक वीरेन्द्र चन्द को मार्गदर्शनमा प्रशिक्षण दिइँदै आएको छ। प्रशिक्षक चन्दले स्थानीयस्तरमै खेलाडी उत्पादन गरी अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सफल हुनुभएको छ।

प्रतिस्पर्धाको विवरण

सोनिया तिरूवा ले Under 21 Female Individual Kumite -68Kg तर्फ प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गरिन्।

आस्था लुहार ले आफ्नो तौलवर्ग अन्तर्गत उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गरिन् र स्वर्ण पदक जितिन्।

वर्तमान खेल अवस्था र भविष्यको अपेक्षा:

नेपालमा खेलकुदको क्षेत्रमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि पूर्वाधार, बजेट र सरकारी सहयोगको कमीले गर्दा धेरैजसो प्रतिभाहरू ओझेलमा परेका छन्। यस्ता अन्तर्राष्ट्रिय सफलताले राज्यलाई गम्भीर बनाउने र खेलाडीहरूको जीवनस्तर, प्रोत्साहन र अवसर सुधारतर्फ ध्यान दिन प्रेरणा दिने अपेक्षा गरिन्छ।

सफलताका यी उदाहरणहरूले देखाउँछ कि स्थानीय स्तरमा सही प्रशिक्षण, मेहनत र लगन भए खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा पनि देशको झण्डा फहराउन सक्छन्।


कोलम्बो, श्रीलंकामा सम्पन्न ९औं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा नेपालका लागि गौरव हासिल गर्ने स्वर्ण पदक विजेता आस्था लुहार र उत्कृष्ट प्रदर्शन गर्ने सोनिया तिरूवा स्वदेश फर्किएपछि कराँते महासंघ कञ्चनपुर द्वारा भव्य स्वागत गरिएको छ।

महासंघका पदाधिकारीहरू, प्रशिक्षक तथा खेलप्रेमीहरूको उपस्थितिमा महेन्द्रनगर मा उनीहरूको स्वागत गरिएको थियो। महासंघले उनीहरूको समर्पण र मेहेनतको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएको छ।

नेपालको लागि अन्तर्राष्ट्रिय स्तरमा सम्मान र पदक दिलाउने यी खेलाडीहरू देशको गौरवको प्रतीक बनेका छन्।

🎉 शुभकामना तथा बधाई!
आस्था लुहार र सोनिया तिरूवा लाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ ठूलो सफलता मिलोस् भन्ने कामना!
तपाईंहरूको सफलता सम्पूर्ण नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत हो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्