
महेन्द्रनगर, कञ्चनपुर —
आफ्नो खेल जीवनको सुरुवात महेन्द्रनगर सितोरियो कराँते डोजोबाट गरेका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उचो बनाएकोमा डोजो परिवारद्वारा विशेष धन्यवाद तथा सम्मान प्रदान गरिएको छ। श्रीलंकामा सम्पन्न ९औं दक्षिण एसियाली कराँते च्याम्पियनसिप प्रतियोगितापछि, सोही स्थानमा आयोजित कार्यक्रमकाे अवसरमा सफल खेलाडीहरूलाई सम्मान गरिएको हो।
यस डोजोबाट प्रशिक्षण लिई हाल क्लब बाट अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन सफल खेलाडीहरू महमद सेख आलम, सुनिता सुनार र सुरेश जबरेललाई विशेष मिठाे सम्झना गर्दै महेन्द्रनगर सितोरियो कराँते डोजोले हार्दिक धन्यवाद तथा उज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।
कार्यक्रममा प्रशिक्षक बिरेन्द्र चन्दको सक्रिय उपस्थितिमा खेलाडीहरूको योगदानलाई सम्मान गर्दै खेलकुद क्षेत्रलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाइएको थियो।
यस सम्मान कार्यक्रमले आगामी पुस्ताका खेलाडीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।छिट्टै जिल्ला कराते संघ तथा प्रदेश कराते संघ जिल्ला कराते महासंघ ले पनि खेलाडी सम्मान गर्ने जनाएको छ ।
