
सामान्य विज्ञान संकायको कक्षा कोठामा दुई दिनअघि बिग्रिएको पंखा फेर्न प्रशासनलाई अनुरोध गरिएको भए तापनि अझैसम्म कुनै कार्यान्वयन नभएपछि, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीहरूको समस्या महसुस गर्दै आज कार्यालयमा रहेको कुलर नै कक्षाकोठामा लगेर राखेको छ।
गर्मीका कारण कक्षामा अध्ययन गर्न समस्या भोगिरहेका विद्यार्थीहरूलाई राहत दिन अनेरास्ववियुद्वारा उठाइएको यो कदम सराहनीय भएको विद्यार्थीहरूको भनाइ छ।”हामीले दुई दिन अघिदेखि पंखा मर्मतको अनुरोध गरिरहे पनि कुनै सुनुवाइ नभएपछि, विद्यार्थीको हितका लागि हामी आफै अघि सर्नु पर्यो,” अनेरास्ववियुका एक प्रतिनिधिले बताए।विद्यार्थीको आवाज र सुविधा सुनिश्चित गर्ने उद्देश्यले गरिएको यो कार्यले प्रशासनलाई पनि समयमै आवश्यक सुधार गर्न प्रेरणा दिने विश्वास गरिएको छ।