सुदूर पश्चिम प्रदेशस्तरीय पहिलो खुला कराते प्रतियोगिता–२०८२ महेंद्रनगरमा हुने भएको छ

महेंद्रनगर, कञ्चनपुर ।

सुदूर पश्चिम प्रदेशस्तरीय पहिलो खुला कराते प्रतियोगिता–२०८२ महेंद्रनगरमा हुने भएको छ । नेपाल Shito-Ryu कराते संघको आयोजनामा हुने यो प्रतियोगिता २०८२ साल असोज ७ देखि ९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूले सहभागिता जनाउने छन् । विभिन्न उमेर समूह र तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताले खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै कराते खेलको विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

नेपाल कराते महासंघले यस प्रकारका प्रतियोगिताबाट नयाँ प्रतिभा खोजी, खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन अवसर सिर्जना हुने उल्लेख गरेको छ ।

महेंद्रनगरमा पहिलो पटक हुन लागेको यस भव्य प्रतियोगिताले खेलप्रेमी तथा स्थानीय बासिन्दाबीच उत्साह र जोश थप्ने अपेक्षा गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्