महेन्द्रनगरको विज्ञान क्याम्पसमा तालाबन्दी


महेन्द्रनगर २१ पुस ।
कोरोना कहरका बेला लकडाउन अवधिको शुल्क मागेको बिरोधमा सिद्धनाथ विज्ञान क्याम्पसका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन ।
लकडाउन अवधिको शुल्क लिन खोजिएको भन्दै विद्यार्थीले क्याम्पस प्रमुख र प्रशासनमा तालाबन्दी गरेका हुन । क्याम्पस प्रशासनले शुल्क मिनाह नहुने भनेपछि विद्यार्थी आन्दोलित भएका छन ।
सोमबार विद्यार्थीले क्याम्पस प्रशासन र त्यस अघि क्याम्पस प्रमुख थानेश्वर तिवारीको कार्यकक्ष तालाबन्दी गरेको विज्ञान क्याम्पसका विद्यार्थी खेम फुलेराले बताए ।

उनका अनुसार छात्राबासमा शुल्क पूर्ण मिनाह, मर्मत, सुरक्षा, छात्राबासमा नेट, कर्मचारीलाई दैनिक खटाउनुपर्ने, खानेपानीको प्रबन्ध, अनलाईन कक्षा संचालन लगायतका माग अघि सारेका छन ।
छात्राबास सुधार लगायतको माग अघि सारिएकोछ । विज्ञान क्याम्पसका अर्का विद्यार्थी प्रकास बडूले लकडाउनको अवधिमा विद्यार्थीमाथि भईरहेको दवाव निन्दनिय भएको भन्दै विद्यार्थीका समस्या समाधानमा जोडदिए । विद्यार्थीले क्याम्पसमा अन्य संरचनामा फजुल खर्च भईरहेको भन्दै विद्यार्थीको समस्यामा ध्यान केन्द्रीत कसैको नभएको दुखेसो पोखे ।

नेपाल विद्यार्थी संघले समेत क्याम्पसले विद्यार्थीलाई कोरोनाका बेला लिएको शुल्क निन्दनिय भएको ठहर गरेको छ । नेवि संघ कञ्चनपुरका सह सचिव विपी जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा विद्यार्थीले अघि सारेका माग सम्बोधनमा जोडदिएको छ । माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने विद्यार्थीले चेतावनी दिएका छन ।


सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख तानेश्वर तिवारीले त्रिबिले नै छात्रामा बस्नेबाट शुल्क लिनेभनेपछि क्याम्पसले कसरी व्यवस्थापन गर्छ ? क्याम्पस प्रमुख तिवारीले विद्यार्थीको जायज माग हो, वा होईन भन्ने विषयमा सबै पक्षबाट अध्ययन हुनुपर्नेमा जोडदिए । ‘एकातिर तालाबन्दी गर्ने, अर्कातिर माग ल्याउने, ‘उनले भने, ‘यसबाट क्याम्पसमा अन्य पठन पाठन प्रभावित भएको छ ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्