बिल गेट्स अमेरिकाकै ठूला जमिनदार, कति छ उनको जमिन?

काठमाडौं- समाजसेवा र व्यवसायलाई सँगसँगै अघि बढाइरहेका चर्चित अर्बपति बिल गेट्स अमेरिकाकै ठूला जमिनदार रहेका छन्।

उनको खेतीयोग्य जमिन अमेरिकाका १८ राज्यमा फैलिएको एजेन्सीहरुले जनाएका छन्। प्रविधि क्षेत्रका भए पनि गेट्ससँग २ लाख ४२ हजार एकड जमिन रहेको पछिल्लो एक रिपोर्टले देखाएको हो।

उनी माइक्रोसफ्ट कम्पनीका सीईओ हुन्। फ्लोरिडा, वासिङटनजस्ता सहरमा उनले खेतीयोग्य जमिन जोडेका छन्।द ल्यान्ड रिपोर्टले उनीसँग भएको खेतीयोग्य जग्गाको स्वामित्वबारे खुलासा गरेको हो।

फोर्ब्सका अनुसार गेट्ससँग १ खर्ब २१ अर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ। उनको लुजियानामा ६९ लाख ७१ एकड, अर्कान्सासमा ४७ हजार ९ सय २७ एकड र नेब्रास्कामा २० हजार ५ सय ८८ एकड जमिन छ। त्यस्तै फोनिक्स, एरिजोनामा २५ हजार ७ सय ५० एकड ट्रान्जिसनल ल्यान्डमा समेत हिस्सेदारी छ। यसमा अफट फेमिलीको १ लाख ९० हजार एकड र स्टिवार्ट र लिन्डा रेस्निकको १ लाख ९० हजार एकड जमिन समावेश रहेको बताइएको छ।

गेट्स दम्पती (बिल गेट्स र श्रीमती मेलिन्दा) सँग कुल २ लाख ६८ हजार ९ सय ८४ एकड जमिनको स्वामित्व रहेको छ। ल्यान्ड रिपोर्टका अनुसार यसमा रिक्रिएसनल ल्यान्ड १ हजार २ सय ३४ एकड र २५ हजार ७ सय ५० एकड ट्रान्जिसनल ल्यान्ड रहेको छ।

एक एकडमा ४३ हजार ५ सय ६० वर्गफिट र ४ हजार ४६ दशमलव ८६ वर्गमिटर जग्गा हुन्छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्