संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु

काठमाडौं, माघ ६
प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ।

आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा मंगलबार पनि बहस सुरु भएको हो।


यसअघि सोमबार अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले उक्त मुद्दामाथि बहस गरेका थिए। दुवै अधिवक्ताले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताए।

मंगलबारको पहिलो बहस रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले गरेका छन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्