मानव अधिकार आयोगको टोलिद्धारा महेन्द्रनगरमा दुव्र्यहारमा परेका पत्रकारसँग भेटघाट

महेन्द्रनगर २४ माघ । कञ्चनपुरमा रिर्पोटिङका क्रममा पत्रकारलाई दुव्र्यहारमा परेका पत्रकार मदन गिरीले मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयको टोलिले भेटघाट गरेको छ ।

शुक्रबाट महेन्द्रनगर पुगेर आयोगको प्रादेशिक कार्यालय धनगढीका निर्देशक मोहन जोशी लगायतको टोलीले भेटघाट गरेको हो । महेन्द्रनगर पुगेर आयोगको टोलिले घटनाबारे जानकारी लिएको हो ।
आयोगको टोलिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरि मावन अधिकारको पनि ठाडो उलङघन हुने गरिएको घटनाले ध्यानार्कषण भएको जनाएको छ ।
महेन्द्रनगरबाट प्रकाशित हुने आर्थिक दृष्टि प्रकाशक एंव आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रकार गिरी बिहिबार प्रचण्ड–नेपाल समुहको आमहड्तालका कारण समस्यामा परेका व्यक्तिको रिर्पोटिङ गरिरहेका बेला दुव्र्यहारमा परेका थिए ।

उनीमाथि पुर्वमन्त्री उर्वादत्त पन्त, भिमदत्त नगरपालिकाका पुर्व उपमेयर ईश्वरी खरेल लगायतका नेकपा कार्यकर्ताले हातपात सहित दुव्र्यहार गरेको थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्