दाहसंस्कार गरेको ७ दिनपछि महाकाली किनारमा शव फेला परेपछि …

महेन्द्रनगर ०३ कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरि घाट स्थित महाकाली नदीको पश्चिम तर्फको किनार सोमबार बिहान स्थानीयले शव देखे ।
महाकाली नदी किनारमा शव देखिएको लगतै स्थानीयले प्रहरीलाई खबर गरे । खबर पाएपछि इलाका प्रहरी गड्डाचौकीका प्रहरी नायव निरीक्षक विर सिंह महता र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली शवस्थलमा पुग्यो ।


स्थानीयले अपराधिक गतिविधिमा परेको मान्छे हुन सक्ने आशंका गरेपनि उक्त शवको सात दिन अगाडी नै दाहसंस्कार भईसकेको प्रहरीले पुष्टी गरेको छ ।
कञ्चनपुरको प्रहरी प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले स्थानीयले खबर गरे लगतै टोलि परिचालन गरेको बताए । उनका अनुसार ७ दिन अघि महाकाली नदीले दाहसंस्कार गरिरहेको बेला बगाएको शव सोमबार फेला परेको बताए ।

‘माघ २७ गते एक्कासी नदीमा पानी बढेपछि चितासहित लाश बगेको थियो, सोही आशंकामा शवको पहिचान पुष्टी भएको छ ।’ डिएसी थापाले
‘फेला परेको शवको सनाखत भइसकेपछि आफन्तको जिम्मा लगाई सकेका छौँ ।’
दार्चुला जिल्ला लेकम गाउपालिका–०१ , सर्मोली, पट्युडी बस्ने ७२ बर्षिय दानी दत्त पन्तको शव महाकालीमा दाहसंस्कार गरिरहेका बेला नदीले बगाएको थियो । महाकालीले बगाएको लाश ७ दिनपछि फेला परेपछि पुनः दाहसंस्कार गरिएको मृतकका आफन्त मोहन देव पन्तले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्