गायिका ईन्दिरा जोशी दुई वर्षदेखि प्रेममा, सार्वजनिक गरिन् यस्तो तस्बिर


काठमाडौं, फागुन ६

नेपालकी चर्चित गायिका ईन्दिरा जोशीले आफू दुई वर्षदेखि प्रेममा रहेको विषय सार्वजनिक गरेकी छ

फेसबुक पोस्टमा एउटा तस्बिर सार्वजनिक गर्दै जोशीले आफू प्रेममा रहेको बताएकी हुन्।

न्दिरा जोशी

बुधबार फेसबुकमा प्रेम जीवन हो भन्दै प्रेमीको हात समाएको फोटो पोस्ट गरेकी उनले भनेकी छिन्,‘उ भन्छ कि उ मेरो लागि तारा हो भने म उनका लागि जुन।’


तस्बिरमा इन्दिराले तारा र जुनको चित्र भएको औंठी लगाएको देखिएको छ। उनले अन्तिम साससम्म सँगै हुने पनि उल्लेख गरेकी छिन्।

https://www.facebook.com/indira.joshi.7798/posts/2843363719233191

तर प्रेमीको मुहार भने जोशीले देखाएकी छैनन्। ईन्दिरा जोशी नेपाल आइडलको निर्णायक बनेयता निकै लोकप्रिय बेनकी हुन्।

उनले नेपाल आइडलको तीनै सिजनमा निर्णायकको भूमिका निर्वाह गरेकी छिन्। उनले हालसालै ‘बेगहानी’ भन्ने गीत बजारमा ल्याएकी थिइन्।


त्यसबाहेक चौबन्दी चोली, उद्रेको चोली, चिया कफी, मोटरसाइकलमा, बेहुलीजस्ता गीत उनका चर्चित गीत हुन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्