महेन्द्रनगर १२ फागनु ।
कञ्चनपुरको वडा प्रहरी कार्यालय महेन्द्रनगरले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाएको छ । वडा प्रहरी कार्यालयले जिल्लाको विभिन्न विद्यालयमा सामाजिक अपराध विरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

सोही अनुरुप बुधबार महेन्द्रनगरको जनज्योती बहुमुखी बहुमुखी क्याम्पसमा वडा प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको प्रहरी निरिक्षक अमर बहादुर माझीले बताए । उनका अनुसार विद्यार्थीलाई लागु औषध दुव्र्यसनी, साईबर क्राईम, सामाजिक सञ्जालको दुरुपयोग, महिला हिंसा लगायकाका सामाजिक अपराधबारे जानकारीसहित सचेत गराईएको हो । कार्यक्रममार्फत सामाजिक अपराधबारे सचेत गराउनुका साथै नागरिक र प्रहरीबिच समन्वय र मैत्रीपुर्ण सम्बन्ध विस्तारका लागि कार्यक्रम सञ्चालन गरिएको प्रहरी निरिक्षक माझीको भनाई छ ।

कार्यक्रममा कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक(एसपी) उमा प्रशाद चतुर्बेदीले सामाजिक अपराध र त्यसको न्युनिकरणबारे विद्यार्थीलाई प्रशिक्षण गराएका थिए । उनले युवाहरुका विभिन्न कुलत र दुव्र्यसनीमा फसिरहेको उल्लेख गदैँ यसकाबाट बेलैमा सचेत रहनु विद्यार्थीलाई आग्रह गरे ।
‘कुलतले स्वाथ्यलाई प्रतिकुल असर गर्छ मात्रै गर्दैन, यसले समाजमा अपराधिक गतिविधि समेत बढाउँछ,’ उनले भने । त्यस्तै पछिल्लो समय सामाजिक संञ्जाल विशेष गरि फेसबुकको दुरुपयोग बढ्दै गईरहेकाले े साईबर क्राईम चुनौतीको रुपमा थपीएको उनले बताए । साथै साइबर क्राईम सम्बद्ध अपराईलाई अनलाईन मार्फत साईबर व्युरोमा उजुरी दिने व्यवस्था रहेको उनको भनाई छ ।

अनविज्ञताका आधारमा कानुनले कुनैपनि अपराधलाई अक्षम नहुने बताउँदै प्रहरी उपरिक्षक चतुर्बेदीले भने ‘कानुनको बारेमा सबैले जानकार हुनुपर्छ, समाज नै हाम्रो ऐना हो, सामाजिक अपराधबारेमा समाजले नै बोल्नुपर्छ,।’ उनले अगाडी थपे ‘शान्ती सुरक्षा कायम गर्नु राज्यको दायित्व हो तर यसमा नागरिकको पनि उतैकै भुमीका रहन्छ, अपराध नियन्त्रणम प्रहरीको सक्रियाता सधैँ रहन्छ, त्यसमा यहाँहरुले पनि सहयोग पनि चाहिन्छ ।’

त्यस्तै कञ्चनपुर प्रहरीले सुरक्षीत छोरी कार्यक्रम समेत सञ्चालन गरेको एसपी तचुर्बेदीले बताए । उनका अुनसार उक्त कार्यक्रम अन्र्तगत महिला प्रहरीमार्फत जनचेतना र आत्म–सुरक्षामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
वडा प्रहरीले पछिल्लो समयमा महेन्द्रनगर नौ वटा विद्यालयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यार्थीलाई अभिमुखिकरण गराई सकेको छ ।

